दुर्गा प्रसाईंलाई पाँच वर्षभन्दा बढी कैद सजाय गर्न मागदाबी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २७ मङ्सिर, २०८१
१ महिनाअघि

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।

कम्बोडियाको एउटा टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको दाबी सार्वजनिक गरेका प्रसाईंविरुद्ध बुधबार उक्त मुद्दा दर्ता भएको हो ।

काठमाडौँका जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अदालतमा अभियोगपत्र दायर गरेका हुन् ।

प्रसाईंलाई विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा ५ वर्ष कैद र १ लाख जरिवाना गर्न मागदाबी गरिएको छ ।

सरकारी वकिलले उनलाई दफा (४७)को (२) अनुसार थप सजाय गर्नुपर्ने मागदाबी गरेका छन् ।

सो उपदफा अनुसार पटक–पटक साइबर सम्बन्धी कानुन उल्लंघन गर्नेलाई डेढी सजाय हुने कानुनी व्यवस्था छ ।

सो व्यवस्था अनुसार उनलाई ५ वर्ष र त्यसको डेढी सजाय हुनुपर्ने सरकारी वकिलको मागदाबी छ ।

विद्युतीय कारोबार सम्बन्धी प्रसाईंविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको यो तेस्रो मुद्दा हो ।

प्रधानमन्त्रीको लगानी सम्बन्धी कागजात आफूले तयार नगरेको र कम्बोडियाबाट नै एकजना नेपाली नागरिकले ह्वाट्सएपमा पठाएपछि सार्वजनिक गरेको प्रसाईंले बयान दिएका छन् ।

प्रसाईंलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने बहस बिहीबार (आज) उनको बयानपछि सुरु हुनेछ ।

३ वर्षभन्दा धेरै कैद सजाय हुनसक्ने मुद्दामा प्राप्त प्रमाणबाट पुष्टि हुने अवस्था आएमा थुनामा पठाउनुपर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित समय: बिहिबार २७ मङ्सिर, २०८१, ०८:००:५१

सम्बन्धित खबर

हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा

शुक्रबार ११ माघ, २०८१
६ घण्टाअघि

बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार

शुक्रबार ११ माघ, २०८१
९ घण्टाअघि

विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते

शुक्रबार ११ माघ, २०८१
१२ घण्टाअघि

पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल

बिहिबार १० माघ, २०८१
१ दिनअघि

हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी

बिहिबार १० माघ, २०८१
१ दिनअघि

नेकपा एस छोडेर कांग्रेसमै फर्किए हंसराज वाग्ले

बिहिबार १० माघ, २०८१
१ दिनअघि
विश्वकपमा नेपालको पहिलो जित: प्लेअफमा मलेसिया ७ विकेटले पराजित
शुक्रबार ११ माघ, २०८१
नेपालकी पूजा महतो बनिन् विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी
शुक्रबार ११ माघ, २०८१
हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा
शुक्रबार ११ माघ, २०८१
सप्तरीमा साइकल चढेर स्कुल जाँदै गरेकी बालिका बलात्कृत, प्रतिकार गर्दा भाँचिदिए हात !
शुक्रबार ११ माघ, २०८१
बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार
शुक्रबार ११ माघ, २०८१
लघुकथाः लकडाउन
शुक्रबार ११ माघ, २०८१
विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते
शुक्रबार ११ माघ, २०८१
अस्ट्रेलियाका रोस बने नेपाली फुटबल टोलीको प्रशिक्षक
बिहिबार १० माघ, २०८१
पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल
बिहिबार १० माघ, २०८१
हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी
बिहिबार १० माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०