विराटनगर । कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा जागिर खुलेको छ ।
खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयअन्तर्गतका कार्यालयहरूको लागि सब-इन्जिनियर पदमा करार सेवामा जागिर खुलेको हो ।
सब-इन्जिनियर, प्रदेश इन्जिनियरिङ, सिभिल, स्यानिटरीमा दुई कर्मचारीको आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।
योग्यता पुगेका कर्मचारी करारमा नियुक्ति गर्नुपर्ने भएकोले इच्छुक नेपाली नागरिकहरूले आजका मितिले ७ दिनभित्र मन्त्रालयमा निवेदन पेश गर्न मन्त्रालयले सूचना प्रकाशन गरेको छ ।
न्यूनतम शैक्षिक योग्यता मान्यताप्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने छ ।
साथै, १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको हुनुपर्ने, खानेपानी तथा सरसफाइ क्षेत्रमा कम्तिमा तीन वर्षको अनुभव हुनुपर्ने जनाइएको छ ।