कोशी प्रदेशका चार सांसदले कानुनविपरीत गरे भारत भ्रमण, थियो मुख्यमन्त्रीकै निर्देशन !

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २६ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशका चार सांसदहरूले कानुनविपरीत भारत भ्रमण गरेको पाइएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको निर्देशनमा सत्तापक्षका चार सांसदले भारत भ्रमण गरेका हुन् ।

यसरी भारत घुम्न जानेमा प्रदेशसभा सदस्य सुनिताकुमारी गुरुङ, राधाकृष्ण खनाल, ललिताकुमारी चौधरी र सुनिताकुमारी गच्छदार चौधरी रहेका छन् ।

Advertisement

उनीहरू गत शुक्रबारदेखि भारतको कोलकतामा आयोजना भएको कार्यक्रममा एक संस्थाको निमन्त्रणामा भारत पुगेका थिए ।

ग्रिन जेनेरेसन नामक संस्थाले अन्तर्राष्ट्रिय सुन्तला महोत्सवमा बोलाएपछि उनीहरू कुनै पनि प्रक्रिया पूरा नगरी कोलकता पुगेको खुलेको हो ।

उक्त संस्थाले कोशीका मुख्यमन्त्रीसँग सांसद पठाइदिन आग्रह गरेको थियो । महोत्सवका लागि लाग्ने खर्चसमेत उपलब्ध गराइदिने बाचा गर्दै मुख्यमन्त्रीले विदेश भ्रमणका लागि उनीहरूलाई पठाइदिएका हुन् ।

प्रदेशसभा सदस्यले वैदेशिक भ्रमण गर्दा मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै जान पाउने कानुनी प्रावधान रहेको छ ।

कोशी प्रदेशका मन्त्रिपरिषद्ले पालाना गर्नुपर्ने आचारसंहिता २०८१ प्रदेशको राजधानीबाहिर भ्रमण गर्नुपर्ने भएमा मुख्यमन्त्रीबाट पूर्वस्वीकृत लिएर मात्रै भ्रमण गर्नुपर्ने उल्लेख छ ।

तर, आफ्नै मन्त्रिपरिषदबाट पारित गरेको आचारसंहितासमेत मुख्यमन्त्री कार्कीले पालना गरेका छैनन् ।

यता, उनीहरूले सभामुखलाई समेत जानकारी नगराई भारत गएको खुलेको छ । सभामुख अम्बरबहादुर विष्टले सुन्तला महोत्सवमा जाने सांसदहरूले कुनै पनि जानकारी नगराएको बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०