विराटनगर । विराटनगर महानगरपालिका-७ मा अवस्थित मेरिल्यान्ड कलेजकी छात्रा निशा राजवंशी नेपाल प्रथम बनेकी छन् ।
गत वर्ष त्रिभुवन विश्वविद्यालयले लिएको बिबिएस चौथो वर्षको परीक्षामा मेरिल्यान्ड कलेजकी निशा नेपाल ‘फर्स्ट’ बनेकी हुन् ।
कलेजका प्रिन्सिपल लक्ष्मण ढकालका अनुसार निशाले ८६.२ प्रतिशत अंक प्राप्त गरेकी हुन् । यो नेपालभरिकै उत्कृष्ट नतिजा हो ।
निशा अहिले मेरिल्यान्ड सिएमा क्याप वन उत्तीर्ण गरी क्याप टुमा अध्ययनरत छिन् ।
उनले प्राप्त गरेको अंक त्रिवीको इतिहासमा नै हालसम्मकै उच्च रहेको कलेजको दाबी छ ।
त्यस्तै, एलिशा पोखरेलले ८३.४ प्रतिशत ल्याएकी छन् भने विनिता पौडेलले ८०.४ प्रतिशत अंक प्राप्त गरेकी छन् ।
जम्मा ९७ विद्यार्थी सामेल भएको परीक्षामा डिसटिंसन अंक ल्याएर १२, प्रथम श्रेणीमा ३२ र दोस्रो श्रेणीमा १७ विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसअघि पनि २०७६ सालमा किन्जल पोखरेलले त्रिविकै सर्वाधिक अंक ल्याएका थिए । उनले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट गोल्ड मेडल प्राप्त गरेका थिए ।