रविमाथि अमानवीय व्यवहार गरेको आरोपपछि मानव अधिकार आयोगले बोलायो आइजिपी कुँवरलाई

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २४ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । राष्ट्रिय मानव अधिकार आयोगले बोलायो प्रहरी प्रमुख वसन्त कुँवरलाई सोधपुछका लागि डाकेको छ ।

सहकारी ठगी प्रकरण पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अमानवीय व्यवहार गरेको आरोपपछि आयोगले उनलाई बोलाएको हो ।

प्रहरीले अमानवीय व्यवहार गरेको प्रकरणमा आयोगले प्रहरी कुँवरलाई सोमबार सोधपुछका लागि बोलाएको हो ।

लामिछानेलाई प्रहरीले चितवनबाट रातारात गाडीमा राखेर कास्की लगेपछि अहिले चौतर्फी आलोचना भइरहेको छ ।

लामिछानेले कुँवरको ठाडो निर्देशनमा आफूलाई चितवन प्रहरीले राति कास्की लगेको बताएका छन् ।

अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेले आइतबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा गुनासो पोखेका हुन् ।

लामिछानेमाथि कास्की जिल्ला अदालतले आइतबार नै थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका थियो ।

अदालतमा उभ्याएका बखत बेल्बासेको इजलासमा लामिछानेले आफूलाई रातारात अपहरण शैलीमा पोखरा ल्याइएको गुनासो गरेका हुन् ।

आफ्नो परिवार, वकिल र पार्टीलाई समेत जानकारी नदिई आफूलाई रातारात अपहरण गरेको शैलीमा पोखरा ल्याएको उनले बताएका हुन् ।

आफ्नो स्वास्थ्य अवस्था सामान्य नभएको भनेर प्रहरीसमक्ष आग्रह गर्दा पनि आफूलाई महानिरीक्षकको दबाबमा आफूलाई राति नै पोखरा ल्याइएको उनको भनाई थियो ।

चितवन पुर्‍याएकै दिनदेखि आफूलाई सन्चो नभएको र भोलिपल्ट बिहान पनि टाउको दुखेको निको नभएकोले प्रहरीले दिएको औषधि खाएर दिनभर बयान दिएको उनले जिकिर गरेका छन् ।

गाह्रो हुँदा पनि बयानमा सहयोग गर्दिनँ नभनेको उनले बताएका छन् ।

राति अबेर सरकारी वकिलको कार्यालयबाट आफूलाई जिल्ला प्रहरी कार्यालय फर्काइएको र करिब दस बजेतिर आफू आराम गर्न गएको उनले न्यायाधीश समक्ष बयान दिएका छन् ।

तर, प्रहरी महानिरीक्षकले त्यहाँको एसपीलाई फोन गरेर ‘अहिल्यै लिएर जा …’ भनेर दबाब दिएको लामिछानेको दाबी छ ।

एसपीले यसरी लान मिल्दैन भन्दा पनि महानिरीक्षकले उनलाई गालीसमेत गरेको लामिछानेले बताएका छन् ।

आफूले पनि ‘मलाई गाह्रो भएको छ आराम गर्न दिनुस् । मलाई अस्पताल लगेर चेक गर्नुस्’ भनेर पटकपटक आग्रह गर्दा पनि प्रहरीले आफ्नो बिन्ती नसुनेको लामिछानेले बताएका छन् ।

भोलि बिहान ७ बजे नै एयरपोर्ट जान्छु भन्दा पनि नमानेको उनको भनाई छ ।

आफूलाई लिन आएका एक प्रहरीको मुखबाट मादक पदार्थको गन्ध समेत आएको लामिछानेले आरोप लगाएका छन् ।

पोखरा आएर स्वास्थ्य परीक्षण गर्दा आफ्नो प्रेसर १८०/९० पुगेको पाइएको पनि पनि उनले न्यायाधीशसमक्ष बताएका छन् ।

बिहानदेखि बेलुकासम्मको बयान र मिडिया ट्रायल भएकोमा पनि उनले गुनासो गरेका छन् ।

ठाउँठाउँमा उजुरी हाल्न लगाइएको र अदालतले म्याद थपेको थप्यै गरेकोमा पनि उनले असन्तुष्टि पोखेका छन् ।

लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो ।

तर अदालतले भने चार दिन मात्र उनको म्याद थप गरेको हो ।

प्रकाशित समय: सोमबार २४ मङ्सिर, २०८१, १३:०४:५३

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
८ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१५ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१५ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०