दमक । झापाको दमकमा सञ्चालित आध्या एजुकेसन प्रा.लि.ले उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरूका निम्ति निःशुल्क सेमिनार आयोजना गर्ने भएको छ ।
जापान गएर विभिन्न विषयमा ब्याचलर तथा मास्टर्स अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै आध्या एजुकेसनले सेमिनार आयोजना गर्न लागेको हो ।
दमकमा बिहीबार पत्रकार सम्मेलन गर्दै कन्सल्टेन्सीले सेमिनारबारे जानकारी गराएको हो ।
सेमिनार मंसिर २२ गते शनिबार गर्न लागिएको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राकेश कर्णले बताए ।
उनले उच्च शिक्षा अध्ययनका निम्ति जापान जान चाहने विद्यार्थीहरूलाई नि:शुल्क शैक्षिक परामर्श एवम् उचित मार्गप्रर्दशन गर्ने उद्देश्यका साथ सेमिनार आयोजना गर्न लागिएको जानकारी दिए ।
जापानको जापानीज भाषा कलेजका प्रतिनिधिसमेत रहेका धिरज कार्कीलाई सेमिनारको प्रशिक्षकको रूपमा आमन्त्रण गरिएको आध्या एजुकेसनले जनाएको छ ।
कन्सल्टेन्सीका अनुसार सेमिनारमा विद्यार्थीहरूले जापानमा रहेका कलेज तथा विश्वविद्यालय, पढाइ हुने कोर्स र जापानको जीवनशैलीलगायतका विषयमा विस्तृत रूपमा बुझ्ने अवसर प्राप्त गर्नेछन् ।
सेमिनारमा विद्यार्थीहरूले जापानको जापानीज भाषा कलेजका प्रतिनिधिसँग समेत प्रत्यक्ष कुराकानी गरेर आफ्नो जिज्ञासा मेटाउन सक्ने बताइएको छ ।
सेमिनारमा सहभागी भएर उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीहरूका निम्ति आध्या एजुकेसनले विशेष अफरसमेत राखेको छ ।
अफरअन्तर्गत आध्या एजुकेसनमार्फत अध्ययनको आवेदन प्रक्रिया सुरु गर्ने पहिलो पाँच जना विद्यार्थीहरूलाई शतप्रतिशत र दोस्रो पाँच जना विद्यार्थीहरूलाई ५० प्रतिशत छुटमा जापानीज भाषा पढाइनेछ ।
दमकस्थित आध्या एजुकेसनले जापानको साथसाथै साउथ कोरिया, युके, अमेरिका, क्यानाडा, फ्रान्स, जर्मनी, डेनमार्क, न्युजील्याण्ड, फिनल्याण्ड र युरोपलगायतका मुलुकमा समेत उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई उचित शैक्षिक परामर्श प्रदान गर्दै आएको छ ।