जापान पढ्न जानेका लागि आध्याको नि:शुल्क सेमिनार

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० मङ्सिर, २०८१
२ वर्षअघि

दमक । झापाको दमकमा सञ्चालित आध्या एजुकेसन प्रा.लि.ले उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरूका निम्ति निःशुल्क सेमिनार आयोजना गर्ने भएको छ ।

जापान गएर विभिन्न विषयमा ब्याचलर तथा मास्टर्स अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै आध्या एजुकेसनले सेमिनार आयोजना गर्न लागेको हो ।

दमकमा बिहीबार पत्रकार सम्मेलन गर्दै कन्सल्टेन्सीले सेमिनारबारे जानकारी गराएको हो ।

सेमिनार मंसिर २२ गते शनिबार गर्न लागिएको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राकेश कर्णले बताए ।

उनले उच्च शिक्षा अध्ययनका निम्ति जापान जान चाहने विद्यार्थीहरूलाई नि:शुल्क शैक्षिक परामर्श एवम् उचित मार्गप्रर्दशन गर्ने उद्देश्यका साथ सेमिनार आयोजना गर्न लागिएको जानकारी दिए ।

जापानको जापानीज भाषा कलेजका प्रतिनिधिसमेत रहेका धिरज कार्कीलाई सेमिनारको प्रशिक्षकको रूपमा आमन्त्रण गरिएको आध्या एजुकेसनले जनाएको छ ।

कन्सल्टेन्सीका अनुसार सेमिनारमा विद्यार्थीहरूले जापानमा रहेका कलेज तथा विश्वविद्यालय, पढाइ हुने कोर्स र जापानको जीवनशैलीलगायतका विषयमा विस्तृत रूपमा बुझ्ने अवसर प्राप्त गर्नेछन् ।

सेमिनारमा विद्यार्थीहरूले जापानको जापानीज भाषा कलेजका प्रतिनिधिसँग समेत प्रत्यक्ष कुराकानी गरेर आफ्नो जिज्ञासा मेटाउन सक्ने बताइएको छ ।

सेमिनारमा सहभागी भएर उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीहरूका निम्ति आध्या एजुकेसनले विशेष अफरसमेत राखेको छ ।

अफरअन्तर्गत आध्या एजुकेसनमार्फत अध्ययनको आवेदन प्रक्रिया सुरु गर्ने पहिलो पाँच जना विद्यार्थीहरूलाई शतप्रतिशत र दोस्रो पाँच जना विद्यार्थीहरूलाई ५० प्रतिशत छुटमा जापानीज भाषा पढाइनेछ ।

दमकस्थित आध्या एजुकेसनले जापानको साथसाथै साउथ कोरिया, युके, अमेरिका, क्यानाडा, फ्रान्स, जर्मनी, डेनमार्क, न्युजील्याण्ड, फिनल्याण्ड र युरोपलगायतका मुलुकमा समेत उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई उचित शैक्षिक परामर्श प्रदान गर्दै आएको छ ।

प्रकाशित समय: बिहिबार २० मङ्सिर, २०८१, २०:२८:२१
किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा
शुक्रबार ८ साउन, २०८३
डा. केसीका पाँच बुँदे मागले फेरि तात्यो चिकित्सा शिक्षा, गेटा विवाददेखि राजनीतिसम्म बहस
शुक्रबार ८ साउन, २०८३
घुससहित पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत
शुक्रबार ८ साउन, २०८३
सांसद्हरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
शुक्रबार ८ साउन, २०८३
खैरो हेरोइनसहित चार जना पक्राउ
शुक्रबार ८ साउन, २०८३
प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल
शुक्रबार ८ साउन, २०८३
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०