तस्करको नयाँ जुक्ती : गाडीमा सरकारी नम्बर प्लेट टाँसेर गाँजा तस्करी !

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । सुनसरी प्रहरीले गाडीमा सरकारी नम्बर प्लेट टाँसेर तस्करी भएको ठुलो परिमाणमा गाँजा बरामद गरेको छ ।

स्कोरपिओ गाडीमा सरकारी नम्बर प्लेट राखेर गाँजा तस्करी भइरहेको सूचना पाएको प्रहरीले गोली प्रहार गरेर गाँजा बरामद गरेको हो ।

मंगलबार साँझ प्रहरीले सरकारी नम्बर प्लेट लगाइएका दुईवटा गाडीलाई धरान उपमहानगरपालिका–१३ अमरहाटबाट नियन्त्रणमा लिएको हो ।

धनकुटाबाट धरानतर्फ आउँदै गरेका स्कोरपिओलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले इन्सास राइफलबाट ४ राउन्ड गोली प्रहार गरेको थियो ।

गोली हानेर गाँजा लोड गरिएका बा १ झ ४६०५ र बा १ झ ५१२७ नम्बरका दुईवटा गाडी नियन्त्रणमा लिएको हो ।

प्रहरीले सवारीसाधनहरू चेकजाँच गर्ने क्रममा सरकारी नम्बर प्लेट राखिएको ५१२७ नम्बरको गाडीलाई चालकले भगाएका थिए ।

प्रहरीले गोली प्रहार गरेपछि भागेको उक्त गाडी धरान–१३ को सूर्य मार्गमा छाडेर चालक फरार भएको हो ।

त्यस्तै, सरकारी नम्बर प्लेट राखिएको अर्को ४६०५ नम्बरको गाडीलाई भने प्रहरीले चालकसहित नियन्त्रणमा लिएको छ ।

चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मा पक्राउ परेको जानकारी दाहालले दिए ।

उनका अनुसार दुवै गाडी चेकजाँच गर्दा ६ सय ९० किलो गाँजा बरामद भएको छ ।

प्रहरीको गोली प्रहारबाट ५१२७ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको र घटनामा मानवीय क्षति नभएको दाहालको भनाइ छ ।

प्रकाशित समय: बुधबार १९ मङ्सिर, २०८१, १६:०२:५७

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
९ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१६ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१६ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०