मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी निर्वाचित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १७ मङ्सिर, २०८१
२ महिनाअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी निर्वाचित भएका छन् ।

आइतबार भएको उपनिर्वाचनअनुसार ५४ वर्षीय माझीले ६९६९ मतसहित जित हात पार्दै ग्रामथान गाउँपालिका अध्यक्ष बनेका हुन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेपाली कां‌ग्रेसका बलराम सरदार थारूले ५३३३ मत ल्याए भने तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वासले ४१५९ मत पाए ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिनेशकुमार थन्दारले ५५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवीनकुमार विश्वास खवासले ३७५ मत ल्याए ।

३० वैशाख २०७९ मा भएको चुनावमा निर्वाचित कांग्रेसका जयप्रकाश गच्छदारको मृत्यु भएपछि यहाँ आइतबार उपनिर्वाचन भएको हो ।

ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता रहेकोमा १८ हजार ५७८ मत खसेको थियो ।

पालिका अध्यक्ष बन्न विभिन्न राजनीतिक दलबाट १५ र एक जना स्वतन्त्र गरी १६ जनाको उम्मेदवारी परेको थियो ।

नेपाली कांग्रेसका बलराम सरकार थारू, एमालेका तुलसीराम विश्वास र माओवादीका नमोनारायण माझी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवीनकुमार विश्वास खवास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिनेशकुमार थन्दार, जनता समाजवादी पार्टी (जसपा)का सुरेशकुमार राजवंशी, जनमत पार्टीका विनोदकुमार माझी, नेकपा एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्मा र नागरिक उन्मुक्तिका बुद्धिचन विश्वास थारूले उम्मेदवारी दिएका थिए ।

यस्तै, नेपाल मजदुर किसान पार्टीका पर्शुराम विश्वास थारू र मंगोल नेसनल अर्गनाइजेसनका भरत राई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजु मुसहर, नेपाल समाजवादी पार्टीका धर्मेन्द्रकुमार चौधरी, समावेशी समाजवादी पार्टीका बोधनारायण माझी र स्वतन्त्र नमनारायण चौधरी थारूले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

प्रकाशित समय: सोमबार १७ मङ्सिर, २०८१, ०९:०८:५६

सम्बन्धित खबर

हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा

शुक्रबार ११ माघ, २०८१
६ घण्टाअघि

बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार

शुक्रबार ११ माघ, २०८१
९ घण्टाअघि

विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते

शुक्रबार ११ माघ, २०८१
१२ घण्टाअघि

पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल

बिहिबार १० माघ, २०८१
१ दिनअघि

हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी

बिहिबार १० माघ, २०८१
१ दिनअघि

नेकपा एस छोडेर कांग्रेसमै फर्किए हंसराज वाग्ले

बिहिबार १० माघ, २०८१
१ दिनअघि
विश्वकपमा नेपालको पहिलो जित: प्लेअफमा मलेसिया ७ विकेटले पराजित
शुक्रबार ११ माघ, २०८१
नेपालकी पूजा महतो बनिन् विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी
शुक्रबार ११ माघ, २०८१
हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा
शुक्रबार ११ माघ, २०८१
सप्तरीमा साइकल चढेर स्कुल जाँदै गरेकी बालिका बलात्कृत, प्रतिकार गर्दा भाँचिदिए हात !
शुक्रबार ११ माघ, २०८१
बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार
शुक्रबार ११ माघ, २०८१
लघुकथाः लकडाउन
शुक्रबार ११ माघ, २०८१
विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते
शुक्रबार ११ माघ, २०८१
अस्ट्रेलियाका रोस बने नेपाली फुटबल टोलीको प्रशिक्षक
बिहिबार १० माघ, २०८१
पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल
बिहिबार १० माघ, २०८१
हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी
बिहिबार १० माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०