मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी निर्वाचित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १७ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी निर्वाचित भएका छन् ।

आइतबार भएको उपनिर्वाचनअनुसार ५४ वर्षीय माझीले ६९६९ मतसहित जित हात पार्दै ग्रामथान गाउँपालिका अध्यक्ष बनेका हुन् ।

Advertisement

उनका निकटतम् प्रतिद्वन्दी नेपाली कां‌ग्रेसका बलराम सरदार थारूले ५३३३ मत ल्याए भने तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वासले ४१५९ मत पाए ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिनेशकुमार थन्दारले ५५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवीनकुमार विश्वास खवासले ३७५ मत ल्याए ।

३० वैशाख २०७९ मा भएको चुनावमा निर्वाचित कांग्रेसका जयप्रकाश गच्छदारको मृत्यु भएपछि यहाँ आइतबार उपनिर्वाचन भएको हो ।

ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता रहेकोमा १८ हजार ५७८ मत खसेको थियो ।

पालिका अध्यक्ष बन्न विभिन्न राजनीतिक दलबाट १५ र एक जना स्वतन्त्र गरी १६ जनाको उम्मेदवारी परेको थियो ।

नेपाली कांग्रेसका बलराम सरकार थारू, एमालेका तुलसीराम विश्वास र माओवादीका नमोनारायण माझी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवीनकुमार विश्वास खवास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिनेशकुमार थन्दार, जनता समाजवादी पार्टी (जसपा)का सुरेशकुमार राजवंशी, जनमत पार्टीका विनोदकुमार माझी, नेकपा एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्मा र नागरिक उन्मुक्तिका बुद्धिचन विश्वास थारूले उम्मेदवारी दिएका थिए ।

यस्तै, नेपाल मजदुर किसान पार्टीका पर्शुराम विश्वास थारू र मंगोल नेसनल अर्गनाइजेसनका भरत राई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजु मुसहर, नेपाल समाजवादी पार्टीका धर्मेन्द्रकुमार चौधरी, समावेशी समाजवादी पार्टीका बोधनारायण माझी र स्वतन्त्र नमनारायण चौधरी थारूले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०