धरतीको पहिलो तीर्थस्थल बराहक्षेत्रमा सुविधासम्पन्न प्रहरी भवन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ५ मङ्सिर, २०८१
२ वर्षअघि

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाका-१ स्थितमा रहेको प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवनको समुद्‍घाटन भएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङको प्रमुख आतिथ्यता तथा बराहक्षेत्र नगरपालिकाका उप-प्रमुख नन्दकुमारी सुनुवारको अध्यक्षतामा बुधबार नवनिर्मित भवनको शिलान्यास भएको हो ।

शिलालेख अनावरण गरी भवनको विधिवत रूपमा समुद्घाटन भएको हो ।

प्रदेश प्रहरी प्रमुख खापुङले नव निर्मित भवनको समुद्‍घाटन तथा निरीक्षणसमेत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले धरतीको पहिलो तीर्थस्थल बराहक्षेत्रमा प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवन निर्माण सम्पन्न भई उद्‍घाटन भएकोमा निर्माण कार्यमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए ।

आगामी दिनहरूमा जनस्तरमा प्रहरीले प्रदान गर्ने शान्ति-सुरक्षा तथा अपराध नियन्त्रण कार्यमा जनचाहनावमोजिमको प्रहरी सेवा प्रदान हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

उनले प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीहरूलाई नयाँ भवन प्राप्त भएसँगै आम नागरिकमा प्रहरीले प्रदान गर्ने सेवामा थप गुणस्तरसहितको प्रहरी सेवा प्रदान गर्न तथा भवनको सरसफाइ रेखदेख र संरक्षण नियमित रूपमा गर्नसमेत निर्देशन दिए ।

नव निर्मित भवनको उद्‍घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर भौतिक पूर्वाधार शाखाका प्रहरी उपरीक्षक आर्किटेक हरि डंगोलले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना तथा बराहक्षेत्र नगरपालिकाका उप-प्रमुख नन्दकुमारी सुनुवारले आ-आफ्नो मन्तव्य राखेका थिए ।

नेपाल सरकारको नियमित बजेट ३ करोड १९ लाख ४० हजार रुपैयाँको लागतमा अढाइतले सुविधासम्पन्न कार्यालय भवन, भान्साघर तथा शौचालयको निर्माण कार्य सम्पन्न भएको हो ।

प्रकाशित समय: बुधबार ५ मङ्सिर, २०८१, १८:२०:०३
किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा
शुक्रबार ८ साउन, २०८३
डा. केसीका पाँच बुँदे मागले फेरि तात्यो चिकित्सा शिक्षा, गेटा विवाददेखि राजनीतिसम्म बहस
शुक्रबार ८ साउन, २०८३
घुससहित पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत
शुक्रबार ८ साउन, २०८३
सांसद्हरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
शुक्रबार ८ साउन, २०८३
खैरो हेरोइनसहित चार जना पक्राउ
शुक्रबार ८ साउन, २०८३
प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल
शुक्रबार ८ साउन, २०८३
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०