१३ वर्षपछि अफगानिस्तामाथि नेपालकाे जित, रोहितको डेब्यु गोल

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १ मङ्सिर, २०८१
२ वर्षअघि

काठमाडौं । ताजकिस्तानमा जारी थ्री नेशन्स कपमा नेपालले अफगानिस्तानलाई २-० गोलले पराजित गरेको छ । नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको हो ।

यसअघि नेपालले अफगानिस्तानविरुद्ध पछिल्लो जित भरत खवासको गोलमा हात पारेको थियो ।

एएफसी च्यालेन्ज कप २०१२ छनोटमा भरतको गोलमा नेपालले दशरथ रंगशालामा १–० (अप्रिल, २०११) को जित निकालेको थियो । त्यसपछि नेपालले अफगानिस्तानविरुद्ध दुई खेल खेलेको छ ।

साफका ती दुवै सेमिफाइनल (नयाँ दिल्ली २०११ र काठमाडौं २०१३) को भेटमा अफगानिस्तानले बाजी मारेको थियो ।

तर, शनिबार सेन्ट्रल स्टेडियम डुसान्बेमा भएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० ले पराजित गरेको हो ।

नेपालको जितमा डिफेन्डर रोहित चन्द र जेलस्पीजंग कार्कीले एक-एक गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफको सुरूआतमै जेलस्पीजंगले गोल गर्दै नेपाललाई अग्रता दिलाए ।

७८औं मिनेटमा रोहितले करियरकै पहिलो गोल गरे । सन् २००९ मा प्यालिस्टाइनविरुद्ध १७ वर्षकै उमेरमा उनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

तर, त्यसबीचमा गोल गर्न नसकेका रोहितले करियरकै पहिलो गोल गरेका हुन् ।

प्रकाशित समय: शनिवार १ मङ्सिर, २०८१, २१:१२:१९
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०