ग्रामथान अध्यक्षका लागि राप्रपाबाट थान्दार बने उम्मेदवार

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २८ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । आसन्न उपनिर्वाचनमा राजेन्द्र लिङदेन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको लागि उम्मेदवार चयन गरेको छ ।

३० वैशाख २०७९ को चुनावबाट निर्वाचित नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारूको निधनपश्चात हुन गइरहेको उपनिर्वाचनमा राप्रपाले उम्मेदवारको टुंगो गरेको हो ।

Advertisement

राप्रपा मोरङको बुधबार बसेको बैठकले दिनेशकुमार थान्दारलाई अध्यक्षको उम्मेदवार बनाएको हो ।

बैठकले थान्दारलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाएको हो ।

आगामी मंसिर १६ गते ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ ।

जसका लागि ठुला भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्ना उम्मेदवार तय गरिसकेका छन् ।

कांग्रेसबाट बलराम सरदार, एमालेबाट तुलसीराम विश्वास र माओवादीका नमोनारायण माझीले चुनावी प्रतिस्पर्धा गर्ने निश्चित भइसकेको छ ।

दुई वर्षअघि भएको निर्वाचनमा एमालेका शिवनारायण माझीलाई हराउँदै कांग्रेसका गच्छदार अध्यक्षमा निर्वाचित भएका थिए ।

तर, १० माघ २०८० मा ब्रेन ह्यामरेज भएर थलिएका गच्छदारको गत असार ३ गते निधन भएको थियो ।

त्यसयता, उपाध्यक्ष गुणावतिदेवी थारूले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०