पाथीभरामा केबुलकार तत्काल खारेज गर्न माग

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ कार्तिक, २०८१
८ महिनाअघि

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा निर्माण गर्न लागिएको केबुलकार परियोजनाविरुद्ध रहेको पक्षले परियोजना खारेज गर्नुपर्ने माग गरेको छ ।

शनिबार परियोजनाविरुद्ध पाथीभरा क्षेत्रको काफ्लेपाटीमा विरोधमा रहेको पक्षले कोणसभा गर्दै केबुलकार खारेज गर्नुपर्ने माग गरेको हो ।

काफ्लेपाटी क्षेत्रमा प्रदर्शन र कोणसभा गर्दै परियोजना विरोधी पक्षले कुनै पनि हालतमा केबुलकार बन्न नदिने दोहोर्‍याउँदै खारेज गर्न माग गरेको छ ।

परियोजनाको विरोध गर्दै आएको मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिमले कोणसभालाई सम्बोधन गर्दै केबुलकार तत्काल खारेज गर्नुपर्ने बताए ।

लिङ्खिमले शुक्रबार काफ्लेपाटी क्षेत्रमा भएको झडपका क्रममा धारिलो हतियार खुकुरी र ढुङ्गा प्रहार गरी मजदुरसहित आन्दोलनकर्मीलाई घाइते बनाउनेमाथि कानुनी कारबाहीको माग गरे ।

उनले सामाजिक अशान्ति फैलाउने र आतंकित बनाउनेगरी भएको झडपको नेतृत्व गर्ने समेतलाई कानुनी दायरामा ल्याउनुपर्ने प्रशासनसँग माग गरे ।

यस्तै, पहिचानको लागि युवाफोर्सका संयोजक नवीन पोमुले संवेदनशील विषयमा प्रशासन मुकदर्शन बन्नु नहुने बताए ।

संवेदनशील विषय र सङ्घर्षरत पक्षको मागलाई सरकारले बेवास्ता गरे कडा आन्दोलन र प्रतिकारमा उत्रन बाध्य हुने उनले बताए ।

कोणसभालाई पहिचानवादी महिला नेतृ रीता मादेनले पनि सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा वक्ताहरुले केबुलकार खारेजसँगै निर्माणको कामका लागि पाथीभरा क्षेत्र पुर्‍याइएको एक्साभेटरसहितका निर्माण सामग्री तत्काल हटाउन पनि निर्माण कम्पनी र परियोजना पक्षलाई आग्रह गरेका छन् ।

शुक्रबार केबुलकार परियोजनाको शिलान्यास गर्ने क्रममा परियोजनाको पक्ष र विपक्षबीच ढुंगा हानाहान अर्थात् झडप भएको थियो ।

झडपका क्रममा दुवै पक्षका र प्रहरीसमेत गरी छ जना घाइते भएका थिए ।

यता, केबुलकार परियोजनाको निर्माण कार्यको जिम्मा पाएको निर्माण कम्पनी हिमालयन कन्स्ट्रकसन प्रालिका सञ्चालक इन्द्र केदेमले शुक्रबार परियोजनाको शिलान्यास भएको र अब कामलाई निरन्तर अघि बढाउने बताए ।

निर्माण व्यवसायी केदेमले विवादमा नगई समन्वय र सम्वाद गर्दै कामलाई निरन्तरता दिने बताए ।

परियोजनाको विपक्षमा रहेकालाई पनि केबुलकारको काम गर्नमा सहयोग गर्न उनले आग्रह गरे ।

पाथीभरा क्षेत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहनुभएका चन्द्र ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबुलकार प्रालिले केबुलकार निर्माण गर्न लागेको हो ।

केबुलकार निर्माण गरिने भएपछि मुक्कुमलुङ संयुक्त संघर्ष समिति र केबुलकार खारेजी सङ्घर्ष समितिले सुरुदेखि नै विरोध गर्दै आएको छ ।

यो पनि: अबको १५ महिनाभित्र केबलकारमा पाथीभरा सरर

प्रकाशित समय: आईतबार २५ कार्तिक, २०८१, ०६:३२:३१
विराटनगरमा पूर्वप्रअले दुई करोड खर्चिएर सञ्चालनमा ल्याए डिभाइन जिम
शुक्रबार २७ असार, २०८२
खेलमय प्रदेश बनाउने ध्याउन्नमा प्रदेश खेलकुद विकास बोर्ड
शुक्रबार २७ असार, २०८२
भोटेकोशीमा आएको बाढीमा बेपत्ता थप दुई जनाको शव भेटियो
शुक्रबार २७ असार, २०८२
विराटनगरमा शिक्षकहरूका लागि ‘शिक्षक ज्योति मास्टर क्लास’ हुँदै
बिहिबार २६ असार, २०८२
फिफा वरीयतामा एक स्थान खस्कियो नेपालको
बिहिबार २६ असार, २०८२
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
बिहिबार २६ असार, २०८२
जब २९ वर्षीया युवतीले युके पठाइदिने भन्दै ४१ लाख रुपैयाँ ठगिन्
बिहिबार २६ असार, २०८२
नेपालीले भारतबाट सुनका गहना चोरेर ल्याएपछि…
बिहिबार २६ असार, २०८२
धनपालथानमा उखुबारीमा भेटियो ८०१ किलो गाँजा
बिहिबार २६ असार, २०८२
Casinos That Approve Bitcoin: The Ultimate Guide
बुधबार २५ असार, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०