काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
ओलीलाई मंगलबार ज्वरो आएपछि उनले नियमित भेटघाट कार्यक्रम स्थगित गरेका थिए । डेंगुको आशंकामा डेंगु परीक्षणसमेत गरिएको थियो ।
तर, डेंगु संक्रमण नदेखिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।
ओलीले अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुावटारमा आराम गरिरहेका छन् ।