सावित्रा स्वदेश आइपुग्दा नेपाली टोलीलाई राहत, माल्दिभ्सविरुद्ध खेल्छिन् त ?

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ कार्तिक, २०८१
२ वर्षअघि
Sabitra Bhandari Samba

विराटनगर । नेपाली महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी आइतबार राति स्वदेश आइपुगेकी छन् ।

काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ का लागि सावित्रा फ्रान्सबाट नेपाल फर्किएकी हुन् ।

सोमबार समूह चरणको दोस्रो खेलका लागि भने सावित्रा उपलब्ध हुने सम्भावना रहेको छ ।

प्रशिक्षक राजेन्द्र तामाङले १२ घण्टाको विश्रामपछि सावित्राले चाहेको अवस्थामा खेल्न सक्ने बताएका छन् ।

महिला साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपल्ट भुटानसँग अंक बाँडेको नेपालले सोमबार (आज) माल्दिभ्ससँग खेल्दै छ ।

समूह चरणको दोस्रो खेलअन्तर्गत नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माल्दिभ्ससँग खेल्न आँटेको हो ।

समूह ‘बी’ बाट सेमिफाइनल पुग्नका लागि नेपाललाई माल्दिभ्स र श्रीलंकासँगका खेल निकै महत्त्वपूर्ण हुने छ ।

भुटानसँगको खेलमा घाइते भएकी डिफेन्डर हिराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीले अब पूरा प्रतियोगिता खेल्न नसक्ने भएका छन् ।

एसिएल चोटका कारण करिब नौ महिना मैदानबाहिर रहनुपर्ने भएका उनीहरू आइतबारको प्रशिक्षणमा पनि उपस्थित हुन सकेनन्, जसबाट टिम निराश छ ।

तर, ‘गोल मेसिन’ का नामले परिचित फरवार्ड साम्बा स्वदेश फर्किएकी छन् ।

फ्रान्समा रहेर व्यवसायिक फुटबल खेलिरहेकी साम्बाको आगमनले टिमले केही राहत महसुस गरेको छ ।

साम्बाले चाहेमा उनलाई माल्दिभ्ससँगको खेलबाटै मैदान प्रवेश गराउने तयारी मुख्य प्रशिक्षक राजेन्द्र तामाङको छ ।

इएन अभान्ट गुईग्याम्पबाट फ्रान्स शीर्ष श्रेणीको महिला लिग फुटबल खेलिरहेकी साम्बाले भने क्लब ड्युटीका कारण साफमा नेपाल र भुटानबीचको पहिलो खेल गुमाएकी थिइन् ।

जुन, खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

साम्बा आएपछि नेपाली टिम बलियो हुने अपेक्षा छ ।

पहिलो खेलमा भुटान विरुद्ध नेपाल फिनिसिङमा चुक्दा साम्बाको अभाव देखिएको थियो ।

नेपाल र माल्दिभ्सबीचको खेल साँझा ५ः३० बजेबाट सुरु हुनेछ । त्यसअघि दिउँसो १ः३० बजे श्रीलंका र भुटानले खेल्ने छ । समूह ‘बी’ मा तीन अंकसहित शीर्ष स्थानमा रहेको श्रीलंका दोस्रो जितको खोजीमा हुने छ । यसअघि उसले माल्दिभ्सलाई १–० गोलले हराएको थियो । नेपालसँग बराबरी खेल्न सफल भुटान भने पहिलो जितको खोजीमा छ । भुटान एक अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

 

प्रकाशित समय: सोमबार ५ कार्तिक, २०८१, ०७:००:०८

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
११ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१८ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१८ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०