ग्रामथानमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, एक युवक घाइते

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवक घाइते भएका छन् ।

आइतबार राति ८:४० बजेतिर घिनाघाट-विराटचोक सडकखण्डअन्तर्गत ग्रामथान-५ बांगेचोकमा उक्त दुर्घटना भएको हो ।

हरैंचाबाट झोराहाटतर्फ आउँदै गरेको को ३३ प ८८८५ नम्बरको मोटरसाइकलले बाटोको छेउमा रोकिराखेको ना ५ ख ९७३९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो ।

जसमा मोटरसाइकल चालक ग्रामथान-३ बस्ने २३ वर्षीय नितेश सरदारको अनुहारमा चोट लागेको छ ।

सामान्य अवस्थाका उनलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै ट्रक चालक भने फरार बनेका थिए । उनको खोजी कार्य भइरहेको प्रहरी चौकी तेतरियाले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालकको साथमा लाइसेन्स थिएन । अनि उनले मोटरसाइकल तीव्र गतिमा हाँकेका थिए ।

प्रकाशित समय: सोमबार ५ कार्तिक, २०८१, ०६:४१:५१

सम्बन्धित खबर

घुस लिएको आरोपमा सिँचाइ डिभिजनका प्रमुखसहित दुई जना पक्राउ
शनिवार ९ साउन, २०८३
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव
शनिवार ९ साउन, २०८३
किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा
शुक्रबार ८ साउन, २०८३
डा. केसीका पाँच बुँदे मागले फेरि तात्यो चिकित्सा शिक्षा, गेटा विवाददेखि राजनीतिसम्म बहस
शुक्रबार ८ साउन, २०८३
घुससहित पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत
शुक्रबार ८ साउन, २०८३
सांसद्हरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
शुक्रबार ८ साउन, २०८३
खैरो हेरोइनसहित चार जना पक्राउ
शुक्रबार ८ साउन, २०८३
प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल
शुक्रबार ८ साउन, २०८३
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०