पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थप तीन दिन हिरासतमा रहनेभएका छन् ।
सहकारी ठगीको आरोपमा शुक्रबार पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई आइतबार म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएको थियो ।
लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा छ दिन हिरासतमा राख्न आदेश दिएको हो ।
अब कास्की प्रहरीले बुधबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना अभियोगमा लामिछाने पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो ।
उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौन ३ बजे पोखरा पुर्याइएको थियो ।
संसदीय छानबिन विशेष समितिले सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको औँल्याउँदै आवश्यक छानबिन र कारबाही गर्न सिफारिस गरेको छ ।