विराटनगर । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ ।
जसका कारण कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।
बाँकी भूभागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, मधेश, बागमती र कर्णालीका थोरै तथा गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
कोशी, मधेश र बागमतीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा राति पनि हल्कादेखि मध्यम वर्षा हुनेछ ।