साफको उपाधि घरमै राख्ने नेपालको दाउ, तर फेरि बाधक बन्न सक्छ भारत !

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । पुरुष फुटबल होस् वा महिला फुटबलमा, नेपाल र भारतको प्रतिस्पर्धा सधैँ चर्चाको शिखरमा हुने गरेको छ ।

यी दुईको प्रतिस्पर्धामा नतिजामात्रै होइन, गोल र प्रदर्शनले पनि ठुलै प्रभाव पार्ने छ ।

दक्षिण एसियाली महिला फुटबलमा भारतको प्रभुत्व रहेको छ र उसलाई पछ्याउने, उछिन्ने प्रयास नेपालले गरिरहेको छ ।

सन् २०१० देखि सुरु भएको महिला साफमा नेपाल सन् २०१६ को चौथो संस्करण बाहेक सबैमा फाइनल पुगेको थियो ।

जसमा साफको उपाधि लगातार पाँचपल्ट भारतले जित्दा चारपटक नेपाल उपविजेतामै सीमित बनेको थियो ।

त्यसैले महिला फुटबलमा पनि नेपाल र भारतको प्रतिस्पर्धा आकर्षक बन्ने गरेको छ ।

बंगलादेशमा भएको पहिलो संस्करणमा भारतले नेपाललाई १–० गोलले हराउँदै उपाधि जितेको थियो भने श्रीलंकामा भएको दोस्रो संस्करणमा भारतले नेपाललाई ३–१ गोलले हरायो ।

पाकिस्तानमा भएको तेस्रो संस्करणको उपाधि भिडन्तमा नेपालले भारतसँग ६–० गोलको लज्जास्पद हार बेहोरेको थियो ।

चौथो संस्करण भारतमा भएको थियो, जहाँ नेपाल सेमिफाइनलसम्म पनि पुग्न पाएन । त्यसबेला घरेलु टोलीले बंगलादेशलाई ३–१ गोलले हराउँदै उपाधि घरमै राख्यो ।

पाँचौं संस्करणयता महिला साफ नेपालमै हुँदै आइरहेको छ ।

सन् २०१९ मा भएको पाँचौं संस्करणमा आयोजक नेपाललाई ३–१ गोलले हराउँदै भारतले उपाधि छिन्यो ।

अघिल्लो संस्करणमा भने घरेलु टिम नेपाल बंगलादेशसँग ३–१ गोलले नै हार्‍यो ।

अब, यसपालि भने नेपालले उपाधि घरमै राख्ने योजना बनाएको छ ।

तर, अघिल्ला नतिजाहरूलाई आधार मानेर हेर्दा नेपालको उपाधि जित्ने योजना तब सार्थक हुनेछ, जब उसले भारतलाई हराउने छ ।

दक्षिण एसियाली महिला फुटबलको महाकुम्भ महिला साफ च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा सुरु हुँदै छ ।

आज हुने उद्घाटन खेलमा पाँच पटकको च्याम्पियन भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुनेछ ।

नेपालले भने शुक्रबार भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

भुटानसँगको खेलमा नेपाली टोलीकी प्रभावशाली स्ट्राइकर सावित्री भण्डारी ‘साम्बा’ को अनुपस्थिति नेपाली टोलीलाई खड्किनेछ ।

फ्रान्सको एन एभेन्ट गेङगाम्पबाट व्यावसायिक फुटबल खेल्दै आउनुभएकी साम्बालाई क्लबले फुकुवा गर्न नमानेपछि पहिलो खेल गुमाउनु परेको हो ।

यद्यपि उनी दोस्रो खेलपछि टोलीमा आबद्ध हुने प्रशिक्षक तामाङले बताए ।

कात्तिक १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपको समूह ‘ए’ मा साबिक विजेता बंगलादेश, भारत र पाकिस्तान रहेको छ ।

समूह ‘बी’ मा आयोजक नेपालसहित माल्दिभ्स, भुटान र श्रीलंका रहेका छन् ।

प्रतियोगिताको अनुमानित बजेट चार करोड ६० हजार आठ सय रुपैयाँ रहेको छ ।

नेपालमा लगातार तेस्रोपटक महिला साफ च्याम्पियनसिपको आयोजना हुँदै छ ।

नेपालले यसअघि सन् २०१९ मा विराटनगरमा र दुई वर्षअघि काठमाडौँमा महिला साफ आयोजना गरेको थियो ।

सन् २०१० देखि प्रत्येक दुई–दुई वर्षमा साफ च्याम्पियनसिप हुँदै आएको छ ।

प्रकाशित समय: बिहिबार १ कार्तिक, २०८१, ०७:१३:५०
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०