बेल्जियममा स्थानीय सरकारका लागि भएको निर्वाचनमा दुई नेपाली उम्मेदवारको जित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ असोज, २०८१
२ वर्षअघि

एजेन्सी । बेल्जियममा स्थानीय सरकारका लागि भएको निर्वाचनमा दुई नेपाली उम्मेदवारले जित हासिल गरेका छन् ।

बेल्जियममा सोमबार भएको स्थानीय निकायको निर्वाचनमा दुई नेपालीमूलका उम्मेदवारले नयाँ इतिहास रच्दै निर्वाचित भएका हुन् ।

बेल्जियमको राजनीतिमा नेपालीको नवीन छलाङ मार्दै तीन दशकयता नेपाली बसोबास गर्न थालेदेखि पहिलोपटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा नेपालीहरू विजयी भएका हुन् ।

दोस्रो पुस्ताको सानदार आगमनसँगै भबिष्यको राजनीतिक बाटो उज्ज्वल बनेको छ ।

स्वायत्त र भाषिक आधारमा तीन प्रान्त रहेको संघीय र राजतन्त्रात्मक मुलुक, युरोपको राजधानीको रूपमा समेत परिचित बेल्जियमको आज सम्पन्न स्थानीय निकायको निर्वाचनमा निर्वाचन अन्तर्गत ब्रुगे नगरपालिकाको सदस्यमा नेपाली दोस्रो पुस्ताकी प्रज्ञा तिमिल्सिना र लुभेन नगरपालिका सदस्यमा पहिलो पुस्ताका सूर्य ढकाल निर्वाचित भए ।

निर्वाचनमा अन्य नगरपालिका र अन्य क्षेत्रमा ११ नेपाली पनि उम्मेदवार बनेको भए पनि तिमिल्सिना ७८८ र ढकाल १०७४ मत प्राप्त गरी निर्वाचित भए ।

ब्रुगे नगरपालिकाको सदस्यमा निर्वाचित तिमिल्सिना सानो उमेरमा राजनीतिमा प्रवेश गरेकी छन् ।

उनी सबैभन्दा कम उमेरमा उक्त नगरको सदस्यमा निर्वाचित भइन् ।

कास्की नेपालमा जन्मिएकी सबैभन्दा कान्छी सदस्यको रूपमा निर्वाचित २५ वर्षीया प्रज्ञाले निर्वाचनमा सहयोग गर्नेहरूप्रति आभार प्रकट गरिन् ।

उनका बुबा पूर्ण तिमिल्सिना नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमका निवर्तमान सभापति एवम् नेपाल विद्यार्थी संघ कास्कीका पूर्वसभापति हुन् ।

बेल्जियमको स्थानीय निर्वाचन यस पटक करिब ४५ प्रतिशतको हाराहारीमा मात्र मत खसेको थियो। गत निर्वाचनमा ६० प्रतिशत मत खसेको थियो ।

गाउँपालिका नगरपालिकासहित ५८१ स्थानमा भएको निर्वाचनमा सूर्य ढकाल सत्तारूढ पार्टीबाट लुभेन नगरपालिकामा विजयी बने ।

ढकाल आधिखोला गाउँपालिका,फापरथुम निबुवाबोट स्याङजामा जन्मिएका हुन् ।

अनुमानित १५ हजार नेपाली बसोबास गर्ने बेल्जियमको लुभेन क्षेत्रबाट कृष्ण सगुन क्षेत्री र ब्रुज क्षेत्रबाट रमेश कँडेल भने जितको नजिक पुगेर पराजित भए ।

प्रकाशित समय: सोमबार २८ असोज, २०८१, १४:३८:०२
प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल
शुक्रबार ८ साउन, २०८३
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०