युवा नेता गिरीद्वारा बर्जुमा १० विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २४ असोज, २०८१
२ वर्षअघि

विराटनगर । युवा नेता तथा सामाजिक अभियन्ता अभिषेक गिरीले सुनसरीको बर्जु गाउँपालिकामा विपन्न आर्थिक अवस्था भएका परिवारका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेका छन् ।

बिहीबार बर्जु-५ अमाही बेलास्थित फार्म प्राविमा आयोजित एक कार्यक्रममा कोशी सुधार अभियानका संयोजक गिरीले १० विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।

Advertisement

बर्जु युवा क्लबको आयोजनामा भएको दसैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको उक्त कार्यक्रममा गिरीले छात्रवृत्ति बाँडेका हुन् ।

कार्यक्रममा बोल्दै गिरीले बर्जुका युवाहरूले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको बताए ।

शिक्षाप्रति यहाँका युवाहरूको हेर्ने नजरका कारण सिंगो पालिकाभरिको शिक्षामा आमुल परिवर्तन हुन सक्ने उनको अनुमान छ ।

पालिकाभित्रका विपन्न परिवारका विद्यार्थीहरूलाई पठनपाठनमा आवश्यक पर्ने सामग्रीहरू सहयोग गर्नेसमेत उनको वचनबद्धता छ ।

केही महिनाअघि सार्वजनिक तथा निजी अस्पताल र सामुदायिक विद्यालय सुधार गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, सरसफाइ र वृक्षारोपणमा सक्रियता जनाउने लक्ष्यसहित कोशी सुधार अभियान गठन गरिएको थियो ।

उक्त अभियानमार्फत् शिक्षा, स्वास्थ्यलगायत विविध विषयमा सुधार गर्न तम्सिएका गिरीको सक्रियतामा विद्यार्थीहरूले छात्रवृत्ति पाएका हुन् ।

गिरीले कोशी सुधार अभियानमार्फत् विराटनगरका केही निजी तथा सार्वजनिक अस्पतालमा निरीक्षण गर्ने कामलाई तीव्रता दिइरहेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०