विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट समातिए तीन जना नक्कली परीक्षार्थी

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २१ असोज, २०८१
२ वर्षअघि

विराटनगर । मोरङ प्रहरीले अरूको नाममा परीक्षा लेखिदिएको आरोपमा तीन जनालाई विराटनगरबाट पक्राउ गरेको छ ।

प्रहरीले सप्तरीको राजविराज नगरपालिका- ४ का सन्तोष गुप्ता, सुनसरीको बर्जु गाउँपालिका– ५ चिमडीका विक्लप चौधरी र रामगञ्ज-४ का देवकृष्ण साहलाई समातेको हो ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत दीपक यादवको परीक्षा लेखिदिएको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यादव महेन्द्र मोरङ क्याम्पसका स्ववियु सदस्यसमेत हुन् । मोरङको रंगेली नगरपालिका घर भई विराटनगर मेनरोडमा डेरा लिएर बस्दै आएका छन् ।

उनी परीक्षा हलभित्र बसिरहने र अरुलाई डेराबाट उत्तर लेखेर ल्याउन लगाउने गरेको प्रहरीले जनाएको छ ।

उनको परीक्षा दिएको अभियोगमा पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान अगाडि बढाइएको डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

परीक्षा हलमा विद्यार्थी बसेको र उनीहरूले वाटसएपमार्फत प्रश्न आउट गर्ने गरेको खुलेको डिएसपी जोशीले बताए । नक्कली परीक्षार्थीले घरमा बसेर उत्तर लेखिदिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

‘परीक्षा शुरू भएपछि वाटसएपबाट प्रश्न आउट भएको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ‘उत्तर पुस्तिका भने कति बेला कसरी बुझाए भन्ने खुलेको छैन ।’

उनीहरूले परीक्षा लेख्ने गरेको कोठामा गाइड तथा अन्य पुस्तकहरू समेत भेटिएको र ती पुस्तकहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ३ जनाले यादवको डेरामा बसेर उत्तर लेख्ने र उत्तर पुस्तिका क्याम्पससम्म पुर्‍याइदिने गरेको प्रहरीले जनाएको छ । दीपक भने परीक्षाहल भित्र नै रहेको प्रहरीले जनाएको छ ।

क्याम्पसमा बिबिएस र बीएड दोस्रो वर्षको ‘ब्याक पेपर’को परीक्षा चलिरहेको छ । यादवसहित अन्य एक जना विद्यार्थीको पनि उनीहरूले परीक्षा लेखिदिने गरेको प्रहरीले जनाएको छ । अर्का विद्यार्थीको नाम भने प्रहरीले गोप्य राखेको छ ।

यादवलाई यसअघि रङ्गेली नगरपालिकामा कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित समय: सोमबार २१ असोज, २०८१, २१:१२:३०

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१२ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१९ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१९ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०