विराटनगर । अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म मृत्यु हुनेको संख्या दुई सय ३९ पुगेको छ ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरोबाट मृत्यु हुनेको संख्या दुई सय ३९ पुग्दा १८ जना अझै बेपत्ता छन् ।
अरू एक सय ७८ जना घाइते भएका छन् ।
हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।