ग्रामथान । मोरङको ग्रामथान गाउँपालिका मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालक घाइते भएका छन् ।
बिहीबार साझ ५ बजेतिर ग्रामथान- १ लखन्तरीमा गिधनियाबाट झोराहाटतर्फ जाँदै गरेको को २९ प ८७२० नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो ।
आफ्नै घरअगाडि खेलिरहेका स्थानीय देवराज माझीका छोरा पेयस माझीलाई मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका हुन् ।
टाउकोमा चोट लागेका उनको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालक स्थानीय ४२ वर्षीय गणेशकुमार माझी उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकको लापरवाहीले दुर्घटना भएको प्रहरीले औंल्याएको छ ।