हिन्दु-मुस्लिमबीच धार्मिक सद्भाव कायम गरी चाडपर्व मनाउनेगरी समझदारी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ असोज, २०८१
६ महिनाअघि

विराटनगर । नेपाल बहु-धार्मिक र बहु-जातीय देश हो, जहाँ धार्मिक सहिष्णुता र सद्भाव यसको समाजको महत्वपूर्ण विशेषता हो ।

नेपालमा धार्मिक भ्रातृत्वको अवधारणा विभिन्न धार्मिक समुदायहरूः जस्तै हिन्दु, मुस्लिम, बौद्ध, किराँत, क्रिश्चियन आदिका बीचमा आपसी सम्मान, सह-अस्तित्व, र सांस्कृतिक आदान-प्रदानमा आधारित छ ।

धेरै ठाउँहरूमा हिन्दु र मुस्लिम समुदायले एकसाथ पर्वहरू मनाउने र एक अर्काको धर्म र परम्पराको सम्मान गर्ने परम्परा लामो समयदेखि छ ।

धार्मिक विविधता भए पनि नेपाली समाजमा भाइचाराको भावना गहिरो छ, जहाँ सबै धर्मका मानिसहरू शान्तिपूर्वक बस्छन् र एकअर्कालाई सहयोग गर्छन् ।

नेपालको संविधानले पनि सबै धर्मलाई समान मान्यता दिएको छ, जसले धार्मिक स्वतन्त्रतालाई संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

यस्तो सद्भावपूर्ण वातावरणले धार्मिक भ्रातृत्वलाई कायम राख्न र राष्ट्रलाई एकताबद्ध गर्न मद्दत पुर्‍याएको छ ।

यसै कुरालाई मध्येनजर गरी कोशी सुधार अभियानका संयोजक तथा गिरी फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीको विशेष पहलमा दुई समुदायबीच धार्मिक सद्भाव कायम गरी चाडपर्व मनाउनेगरी समझदारी भएको छ ।

दुवै समुदायबीच छलफल गराई एक अर्कालाई साथ दिने, सामाजिक सद्भाव कायम रहने गरी आ-आफ्नो चाडपर्व भाइचाराका साथ दुई समुदाय बीच समझदारीसहित छलफल गराइएको हो ।

छलफलपश्चात समाजसेवी गिरीले धर्मको साँघुरो घेराभन्दा माथि उठेर आपसी प्रगाढ सम्बन्धलाई मजबुत बनाउँदै सामाजिक एकतालाई एकढिक्का बनाउन जरुरी रहेको बताए ।

सामाजिक कार्य अग्रसर देखिएका गिरीले विराटनगरमा मोहम्मद जयन्तीको दिन आयोजित धार्मिक र्‍यालीमा पानी–विस्कुट वितरण गर्दै दुई समुदायबीच आपसी भाइचारा, सद्भाव र एकताको सन्देश दिने प्रयास गरेका थिए ।

प्रकाशित समय: बिहिबार १७ असोज, २०८१, २१:०४:१५

सम्बन्धित खबर

कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै

बुधबार ५ चैत, २०८१
२० घण्टाअघि

राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?

बुधबार ५ चैत, २०८१
२० घण्टाअघि

चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !

बुधबार ५ चैत, २०८१
१ दिनअघि

पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै

बुधबार ५ चैत, २०८१
१ दिनअघि

रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी

मङ्गलबार ४ चैत, २०८१
२ दिनअघि

ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड

मङ्गलबार ४ चैत, २०८१
२ दिनअघि
सिरहामा अंग्रेजीको प्रश्नपत्र आउट, सिडिओ भन्छन् : मोबाइलको जमाना छ, जे पनि हुन सक्छ
बिहिबार ६ चैत, २०८१
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
बिहिबार ६ चैत, २०८१
कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै
बुधबार ५ चैत, २०८१
आगोबाट बच्नलाई भाग्दै थिए एक वृद्ध, बारीको डिलबाट लडेर मृत्यु
बुधबार ५ चैत, २०८१
राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?
बुधबार ५ चैत, २०८१
चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !
बुधबार ५ चैत, २०८१
पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै
बुधबार ५ चैत, २०८१
मोरङमा अखिल क्रान्तिकारीको दबदबा : सातमध्ये चार वटामा विजयी
बुधबार ५ चैत, २०८१
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०