विराटनगरमा भोलिदेखि सात दिन ‘विराट सडक महोत्सव’ हुँदै, तयारी पूरा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ असोज, २०८१
६ महिनाअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा घटस्थापनाको दिनदेखि सात दिनसम्म चौथो संस्करणको विराट सडक महोत्सव हुने भएको छ ।

असोज १७ गते (भोलि) देखि आफ्नो संस्कृति र परम्पराको जगेर्णा गर्ने लक्ष्यका साथ सडक महोत्सव हुने भएको हो ।

बुधबार पत्रकार सम्मेलन गरी आयोजक मन्जिना मुभिज क्रेसनले भोलिबाट लाग्ने महोत्सवको तयारी पूरा भएको जानकारी दिएको हो ।

आयोजक संस्थाका संयोजक जतिन ताम्राकारका अनुसार भोलि दिउँसो ४ बजे विराटनगर महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निरला कार्कीले महोत्सवको उद्घाटन गर्ने छन् ।

दसैंलाई मध्येनजर गरेर लाग्ने महोत्सवमा विभिन्न खानाका परिकार पाउने स्टलहरू रहने छन् । साथै, स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने ताम्राकारले जानकारी दिए ।

विगत तीन वर्षदेखि हुँदै आएको महोत्सवलाई निरन्तरता दिँदै अन्तिम पटक हिमालयन रोडमा महोत्सव आयोजना गर्न लागेको उनको भनाइ छ ।

स्थानीय व्यापारीहरूले आफूहरूलाई व्यापारमा सकस हुने र यातायात आवतजावतमा समस्या हुने भएकाले अन्तिमपटक हिमालयन रोडमा महोत्सव लगाइन आँटिएको हो ।

प्रकाशित समय: बुधबार १६ असोज, २०८१, १९:२३:३६
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
स्ववियु निर्वाचन : इलामको एकतप्पा बहुमुखी क्याम्पसमा सर्वसम्मत
मङ्गलबार ४ चैत, २०८१
मोरङको धनपालथानमा भीषण आगलागी : एक बालिकाको मृत्यु, नौ घर जले (तस्बिरहरू)
मङ्गलबार ४ चैत, २०८१
झापामा निर्माणाधीन आफ्नै घरबाट लडेर एक जनाको मृत्यु
मङ्गलबार ४ चैत, २०८१
नवनियुक्त आइजी थापाको ठहर : प्रहरीमा व्यापक सुधारको आवश्यक छ
मङ्गलबार ४ चैत, २०८१
अकासिँदै छ सुनको मूल्य, आज ११ सय रुपैयाँले बढेपछि बन्यो नयाँ रेकर्ड !
मङ्गलबार ४ चैत, २०८१
स्ववियु निर्वाचनमा ६७ वर्षीय वृद्धले गरे मतदान
मङ्गलबार ४ चैत, २०८१
प्रहरीमा जागिर लगाइदिने भन्दै दुई लाख ७५ हजार रुपैयाँ ठगी, एक महिला पक्राउ
मङ्गलबार ४ चैत, २०८१
सिंगापुर र मलेसियाविरुद्ध नेपालका तीन नयाँ अनुहार
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०