साइकलयात्रीलाई जोगाउन खोज्दा मोटरसाइकल दुर्घटना, गयो अनिश न्यौपानेको ज्यान

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ असोज, २०८१
७ दिनअघि

झापा । झापामा साइकलयात्रीलाई जोगाउन खोज्दा भएको मोटरसाइकल दुर्घटना परी घाइते भएका एक जनाको मृत्यु भएको छ ।

आइतबार राति ८:३० बजेतिर बिर्तामोड नगरपालिका-१० ठुटेबरस्थित बिर्ताबजारबाट सैनिकबजार तर्फ जाँदै गरेको प्र१-०१-०१२ प ५८९१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई जोगाउने क्रममा आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बिर्तामोड-१० बस्ने २७ वर्षीय अनिश न्यौपाने घाइते भएका थिए ।

मोटरसाइकल पछाडि सवार बिर्तामोड-१० कै ३८ वर्षीय टीकाराम राय सामान्य घाइते भएका थिए ।

दुवै जनाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल उपचार भइरहेकोमा सोमबार दिउँसो २:३० बजेतिर न्यौपानेको मृत्यु भएको हो ।

प्रकाशित समय: मङ्गलबार १५ असोज, २०८१, ०६:३३:२६
विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट समातिए तीन जना नक्कली परीक्षार्थी
सोमबार २१ असोज, २०८१
सफा गर्नेक्रममा बन्दुक पड्कियो, छर्राले लागेर युवकको मृत्यु
सोमबार २१ असोज, २०८१
अर्जेन्टिनालाई हराउँदै ब्राजिलले जित्यो विश्वकप !
आईतबार २० असोज, २०८१
बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक गोल
आईतबार २० असोज, २०८१
कोशी सुधार अभियान : बाहुनीको विद्यालयमा सरसफाइ तथा वृक्षारोपण
आईतबार २० असोज, २०८१
इटहरीकी भिमादेवी, जसले बलात्कार मुद्दामा फसाउने भन्दै ३० लाख असुलिन्
आईतबार २० असोज, २०८१
दसैंमा जुध्दै छन् तीन चलचित्र, कसले जित्ला दर्शकको मन ?
आईतबार २० असोज, २०८१
आज कोशीसहित केही प्रदेशमा पानी पर्ने सम्भावना
आईतबार २० असोज, २०८१
ला लिगा : रियल मड्रिडको अपराजित यात्रा कायमै, गर्‍यो बार्सिलोनासँग अंक बराबरी
आईतबार २० असोज, २०८१
नासरको जितमा माने र रोनाल्डोको गोल
आईतबार २० असोज, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०