विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी कोशी प्रदेशमा २३ जनाको मृत्यु भएको छ ।
संघीय सरकारको गृह मन्त्रालयले सोमबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार कोशीमा बाढीपहिरोबाट २३ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएका छन् ।
गत असोज ११ देखि हाल (सोमबार) दिउँसोसम्ममा पाँचथरमा ६ जना, सोलुखुम्बुमा ५ जना, धनकुटा र झापामा ३-३ जनाको मृत्यु भएको छ ।
यसैगरी बाढीपहिरोकै कारण ११ जना घाइते भएका छन् भने ६९० वटा घर र १४ वटा पुलमा क्षति पुगेको छ ।
देशभरिमा बाढीपहिरोका कारण हुनेको संख्या भने २०४ पुगेको छ । यस्तै, ३३ जना बेपत्ता भएका छन् भने ८९ जना घाइते र तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको छ ।