काठमाडौं । देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ सहयोग गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गर्ने उनले घोषणा गरेका छन् ।
भाटभटेनीका सिइओ पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने बताए ।
अर्बौं रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको उनको प्रतिक्रिया छ ।