बंगलादेशका पूर्वकप्तान शाकिबले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० असोज, २०८१
२ वर्षअघि

एजेन्सी । बंगलादेशका पूर्वकप्तान शाकिब अल हसनले आगामी वर्षको मार्चसम्ममा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

शाकिबले अर्को वर्ष पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताएका छन् ।

Advertisement

शकिबसँगै पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका दर्जनौँ अन्य सदस्यमाथि प्रहरीले प्रदर्शनकारीमाथि गरेको घातक दमनमा दोषी ठहर गर्दै हत्याको आरोप लगाइएको छ ।

गत महिना विद्यार्थी नेतृत्वमा भएको आन्दोलनमा हसिनाको सरकार ढलेपछि ३७ वर्षीय शाकिब बंगलादेश फर्किएक छैनन् ।

दक्षिण अफ्रिकाविरुद्धको दुई टेस्ट शृङ्खलाका लागि स्वदेश फर्कन चाहेको र यसबारे बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)सँग सोधपुछ गरेका छन् ।

शाकिबले गत जुनमा भएको विश्वकपपछि टी–२० खेलका लागि खेलबाट बिदा लिने समयको अनौपचारिक घोषणा गरिसकेका छन् ।

शाकिबले आगामी फेब्रुअरीमा पाकिस्तानले आयोजना गर्ने च्याम्पियन्स ट्रफीका लागि ५० ओभरको आफ्नो अन्तिम खेल खेल्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अलराउन्डर वरीयतामा एकैसाथ तीनवटै फर्म्याटमा शीर्ष स्थानमा रहने उनी एकमात्र खेलाडी हुन् ।

शाकिबले यसै महिनाको सुरुमा पाकिस्तानमा आफ्नो टोलीको ऐतिहासिक टेस्ट शृङ्खलामा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

उनले सन् २००६ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेयता ७० टेस्ट, २४७ एक दिवसीय र १२९ टी–२० खेल खेलेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०