काठमाडौं । ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि छानबिन थालिएको छ ।
बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा लेनलेन गरेको आरोप लागेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालले शाहीलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाएको हो ।
घटनाको छानबिनका लागि डिएसपीको संयोजकत्वमा सात सदस्यीय समिति बनाइएको प्रहरी छ ।
ललितपुर प्रहरी परिसरका डिएसपी नरहरी अधिकारीको संयोजकत्वमा छानबिन समिति बनाइएको हो ।
छानबिन भइरहेकाले शाहीलाई जिम्मेवारीबाट हटाएर तानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।
असोज ६ गते केही युवतीले आफूहरुमाथि धाकधम्की भएको भन्दै प्रहरीलाई बोलाइपछि बिनुकै संलग्नतामा बलात्कारसम्बन्धी मुद्दामा आर्थिक चलखेल भएको बताइएको छ ।
यो घटनामा प्रहरीले पछि तीन जनालाई पक्राउ समेत गरेको छ ।