दुर्गा प्रसाईं थप पाँच दिन हिरासतमै रहने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ९ असोज, २०८१
२ वर्षअघि

काठमाडौं । विवादित अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

आइतबार पक्राउ परेका प्रसाईंलाई बुधबार म्याद थपका लागिकाठमाडौं जिल्ला अदालत पेस गरिएको थियो ।

Advertisement

जसमा न्यायाधीश श्यामविहारी मौर्यले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी मेलिश बास्कोटाले जानकारी दिए ।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत कसुर गरेको आरोपमा जाहेरी परेको छ ।

एक महिलाले साइबर ब्यूरोमा प्रसाईंले आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएकी थिइन् ।

उजुरीपछि आइतबार प्रसाईंलाई साइबर ब्युरोले उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

आइतबार नै उनलाई अदालत पेस गरिएको थियो। त्यतिबेला उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको थियो।

मंगलबार बयान लिन प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरिएको थियो । सरकारी वकिल कार्यालयमा उनीसँग दुई घण्टा बयान लिइएको थियो ।

उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसारको कसुर गरेको भन्दै जाहेरी परेको थियो ।

यसअघि सोमबार प्रसाईंका छोरा निराजनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

तर, न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले म‌ंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र साइबर ब्यूरोलाई कारण देखाउ आदेश जारी गरेको छ ।

अदालतले प्रसाईंलाई नछाड्ने निर्णय गर्दै १५ दिनभित्र जवाफ मागेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०