विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ परेका छन् । आइतबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।
गएको बुधवार जिल्ला अदालत काठमाण्डौले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएपछि आज प्रहरीले पक्राउ गरेको हो ।
प्रसाइँलाई पक्राउ गर्न प्रहरी टोली उनको घर भक्तपुर पुगेपछि प्रसाईंले गेट बन्द गरेर भित्रबाट प्रहरीलाई अपशब्द बोलेका थिए ।
लभगभग एक घण्टासम्म पनि उनले गेट नखोलेपछि प्रहरीले पर्खालमा भर्याङ लगाएरै घरभित्र प्रवेश गरी पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले मेडिकल व्यवसायीका रूपमा समेत चिनिने प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो । अदालतले प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो ।
विद्युतीय कारोबार ऐनअनुसारको कसुर गरेकाले उनीमाथि कारबाही चलाउनका लागि प्रहरीले पक्राउ पुर्जी लिएको हो ।