विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा शुक्रबार राति भएको सडक दुर्घटनामा दुई जना घाइते भएका छन् ।
हिजो राति १०:३० बजेतिर ग्रामथान-५ ककडमाडीस्थित घिनाघाट-विराटचोक सडकखण्डमा तेतरीयाबाट नेताचौकतर्फ आउँदै गरेको को ३३ प ९२५२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्दै गरेकी ग्रामथान-१ बस्ने ३६ वर्षीया देविका ऋषिदेवलाई ठक्कर दिई सवारी दुर्घटना भएको हो ।
जसमा ऋषिदेवको टाउको, ढाड, र बाँया हातमा चोट लागेको छ । मोटरसाइकलको पछाडि सवार निजको ६ वर्षीय विशिष्ट माझीको टाउको र छातीमा चोट लागेको छ ।
घाइतेलाई उपचारको लागि बूढीगंगा गाउँपालिकामा रहेको विराट टिचिङ अस्पताल पठाइएको छ । दुवै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक ग्रामथान-७ बस्ने ३९ वर्षीय विनोदकुमार माझी उनीहरूको उपचारमा संग्लन छन् । विनोद घाइते बालक विशिष्ठका बुबा पनि हुन् ।
विनोदसँग सवारी चालक अनुमतिपत्रसमेत छैन ।