छक्कापञ्जा-५ को ‘ब्रेकअप’ गीतलाई गाली र ताली उत्तिकै !

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ असोज, २०८१
२ वर्षअघि

विराटनगर । दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ को दोस्रो गीतलाई लिएर अहिले माहोल ‘गरागरम’ भएको छ ।

बुधबार युट्युबमा ‘ब्रेकअप सङ’ नाम दिइएको उक्त गीत सार्वजनिक भएको थियो ।

Advertisement

गीतमा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सम गौडेललगायतको अभिनय छ ।

बाबुल गिरीको शब्द, संगीत, एरेन्ज र स्वर रहेको गीतमा सुरवीर पण्डित र रामेश्वर केसी पनि गीतमा देखिएका छन् ।

गीतले चरित्र चित्रणदेखि पात्रको गेटअप, मुडसमेत दर्साउन खोजेको छ । दीपक र माग्ने बूढाले ब्रेकअप अंकित सुट लगाएका छन् । गीतले ब्रेकअपपछि प्रेमीले प्रेमिकाप्रति पोखेको आक्रोश दर्साउँछ ।

जसलाई लिएर धेरैले गाली र ताली दुवैथरिका प्रतिक्रिया दिएका छन् । केहीले औधी रुचाउँदै उक्त गीतमा टिकटक बनाएका छन् भने केहीले कडा आलोचना गरेका छन् ।

विराटनगर घर भएकी साहित्यकार सीमा आभास यसो लेख्छिन्, :

उहिल्यै हाटबाट जाँड खाएर आउनेले बाटाभरि कराउँदै गाली गर्दै, सराप्तै हिँडेको सुनेपछि ढोका थुनेर भित्र बस्थ्यौँ । अहिले एउटा नेपाली फिलिमको गीतका शब्द ती जँड्याहाका भन्दा पनि आगर रहेछन् । यो गीत लेख्ने, गाउने र यस्ता सरापमा
छमछमी नाच्ने चाहिँ हाम्रा कलाकार !
यदि यी गीतका शब्दले दिएको गीतेसराप लाग्ने भए के हुन्थ्यो होला !
यदि कसैले गीत, कविता… सिर्जना गर्छ भनेँ शब्द छान्न सय पटक सोचोस् ! तर यस्ता सरापलाई गीत नभनोस् ! चलचित्र सेन्सरबोर्डले यी सरापेगीतलाई किन सार्वजनिक गर्न दिएको ? कलाकारहरू समाजप्रति जिम्मेवार हुनुपर्दैन ? ती शब्द र भाबप्रति ठूलो आपत्ति छ । अझ “तेरो पैसा लैजा मेरो बैँस फिर्ता ले” भन्ने शब्दवाला गीतले दिमाग रन्थनिएको छ ।
अपराधी मनोविज्ञानलाई बढावा दिन कलाकारितामा कसरी अभ्यास गरिँदै छ र यो स्थापित हुँदैछ भन्ने ज्वलन्त उदाहरण छक्कापञ्जा-५ का गीत हुन । यी गीत चल्ने सम्भावना धेरै छ । तर अपराधमाथि कसरी मनोरञ्जन लिइन्छ भन्ने उदाहरणको उदांग रूप यी गीत हुन् ।
ब्यभिचार, बलात्कार जस्ता सिनलाई देखाएर व्यापार गर्ने सिनेमाउद्योग र त्यसमा मनोरञ्जन लिने दर्शक हुञ्जेल यो समाजमा अपराध गर्न कलाकारिताले पनि टेवा दिइरहेको छ ।’

‘छक्कापञ्जा ५’ दसैँको फूलपातीको दिन असोज २४ गतेदेखि प्रदर्शन हुदैछ । यो वर्षको प्रतीक्षित सुचीमा रहेको यो फिल्म दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०