काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संविधान दिवसको दिन लगाएको कपडाले आलोचित बनेका छन् ।
बिहीबार संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा काठमाडौँको दरबारमार्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा उनी सहभागी भएका थिए ।
नागरिकस्तरबाट आयोजित विशाल कन्सर्टमा कलाकार र सहभागीलाई उत्साहित तुल्याउन प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा पुगेका थिए ।
हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै कन्सर्टको स्टेजमा प्रधानमन्त्री ओली पुग्दा सहभागीहरूले तालीको गडगडाहटबाट स्वागत गरेको थियो ।
तर, राष्ट्रिय दिवसका दिन ‘हिपहप’ कपडा लगाएको भन्दै ओलीको आलोचना पनि उत्तिकै भएको हो ।