हरिनगरमा हर्षोल्लासका साथ मनाइयो संविधान दिवस, विभिन्न स्कुलका विद्यार्थी पुरस्कृत

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ असोज, २०८१
२ वर्षअघि

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिकामा हर्षोल्लासका साथ संविधान दिवस-२०८१ मनाइएको छ । पालिकाको प्रांगणमा बिहीबार एक कार्यक्रमको आयोजना गरी हरिनगर गाउँपालिकाले संविधान दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशसभा सदस्य इसराइल मन्सुरीले पानसमा बत्ती बालेर झन्डोत्तलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

Advertisement

कार्यक्रममा संविधान दिवसलक्षित विभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । पालिकाभित्रका विद्यालयहरूबाट वक्तित्वकला, चित्रकला र हाजिरीजवाफमा प्रथम, द्वितीय र तृतीय हुने छात्र-छात्राहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

संविधान दिवसको शुभकामना दिँदै पालिका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले सातौं संविधानका रूपमा रहेको नेपालको संविधान २०७२ संसारभरिकै उत्कृष्ट कानुनी दस्तावेज रहेको बताए ।

नेपालमा विभिन्न समयमा बनेका अरू संविधानमध्ये पछिल्लो संविधान खारिएको र सहीदहरूको योगदानले भरिपूर्ण रहेको उनको भनाइ छ ।

यस्तै, गाउँपालिका उपाध्यक्ष रिमझिम भगतले वर्तमान संविधानले महिलाहरूको हकहितमा उत्कृष्ट काम गरेको सुनाइन् । यही संविधानअनुरूप आफूले उपाध्यक्ष हुने अवसर पाएको उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष गफार अन्सारीले २०७२ सालको संविधानलाई आजको दिनमा मूल्यांकन गर्नुपर्दा कुण्ठित अधिकारलाई जनतामाझ  फुकुवा गर्नसक्ने ल्याकत भएको बताए ।

अरू संविधानलाई विभिन्न तबरबाट प्रहार गरिएको भए पनि पछिल्लो संविधानले पनि त्यति धेरै आलोचित हुनु नपरेको बताउँदै उनले केही असन्तुष्टिलाई संशोधन गर्न सक्ने व्यवस्था भएका कारण पनि यो संविधान सुन्दर भएको बताए ।

यसैगरी प्रमुख अतिथि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) का सांसद इसराइल मन्सुरीले सहमति र सहकार्यबाट बनेको वर्तमान संविधान परिवर्तनशील भएकै कारण उत्कृष्ट रहेको सुनाए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले संविधानका विषयमा आफ्ना असन्तुष्टिसमेत व्यक्त गरे । तथापि, वर्तमान सत्तारूढ गठबन्धनले संशोधनको प्रतिबद्धता गरेका कारण आश गर्ने ठाउँ रहेको उनीहरूको भनाइ छ ।

विद्यार्थीहरूले कविता, गजल, गीत प्रस्तुत गरेर उपस्थित शिक्षक, अभिभावक, राजनीतिकर्मी र कर्मचारीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । साथै, पालिकाले पहिलोपटक सुस्त श्रवण हुने व्यक्तिहरूका लागि कार्यक्रमबारे जानकारी दिनेगरी दोभाषेका रूपमा आरती मण्डलको प्रस्तुति देखाएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०