विराटनगर । नेपाली कांग्रेसका युवा नेता अभिषेक गिरीले ह्वाइट बोर्ड अभावले पठनपाठनमा असहज भएको स्कुललाई सहयोग गरेका छन् ।
गिरी फाउन्डेसनका अध्यक्षसमेत रहेका गिरीले विराटनगर महानगरपालिका- ९ स्थित धार्मिक विद्यालय मदरसामा ह्वाइट बोर्ड सहयोग गरेका हुन् ।
बुधबार गिरी तथा उनी संयोजक रहेको कोशी सुधार अभियानका सदस्यहरूले बोर्ड सहयोग गरेका हुन् ।
‘विद्यालयमा अध्ययनरत बालबालिकालाई ह्वाइट बोर्ड नहुँदा पठनपाठन गर्न निकै असहज भएको खबर पाएँ । सरोकारवाला निकायले यसबारे चासो-चिन्ता लिनुपर्ने हो,’ उनले भने, ‘तर, सबैतिरबाट आशा मार्नुभएक सञ्चालकहरूले मसँग गरेको अपेक्षाअनुरसार सहयोग गरेको हुँ ।’