लामिनको दुई गोल, बार्सिलोनाले निकाल्यो लगातार पाँचौं जित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३० भदौ, २०८१
६ महिनाअघि

विराटनगर । स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार पाँचौं जित दर्ता गरेको छ । आइतबार बेलुका भएको खेलमा बार्सिलोनाले जिरोनालाई उसैको मैदानमा ४-१ गोलान्तरले हराएको हो ।

पाँच खेलमा शतप्रतिशत जित निकालेको बार्सिलोनाले १५ अंक जोडेको छ । शीर्ष स्थानको उसले साविक विजेता रियल मड्रिडलाई चार अंकले उछिनेको छ ।

मोन्टिल्भीमा भएको खेलमा बार्सिलोनालाई जिताउन लामिन यामलले दुई गोल गरे भने डेनी ओल्मो र पेड्रीले एक-एक गोल गरे ।

जिरोनाका क्रिस्टियन स्टौनीले एक गोल फर्काए ।

खेलको ३०औं मिनेटमा लामिनले गोल गर्दै बार्सिलोलाई सुरुआती अग्रता दिलाए । त्यसको सात मिनेट नबित्दै दोस्रो गोल गर्दै लामिनले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

४७औं मिनेटमा ओल्मो र ६४औं मिनेटमा पेड्रीले गोल गरेपछि बार्सिलोनाले ४-० गोलको अग्रता बनाएको थियो ।

खेलको ८०औं मिनेटमा जिरोनाका क्रिस्टियन स्टौनीले एक गोल फर्काए ।

८६औं मिनेटमा फेरान टोरेसले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित बनेको थियो ।

प्रकाशित समय: आईतबार ३० भदौ, २०८१, २२:१६:४३

सम्बन्धित खबर

रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
स्ववियु निर्वाचन : इलामको एकतप्पा बहुमुखी क्याम्पसमा सर्वसम्मत
मङ्गलबार ४ चैत, २०८१
मोरङको धनपालथानमा भीषण आगलागी : एक बालिकाको मृत्यु, नौ घर जले (तस्बिरहरू)
मङ्गलबार ४ चैत, २०८१
झापामा निर्माणाधीन आफ्नै घरबाट लडेर एक जनाको मृत्यु
मङ्गलबार ४ चैत, २०८१
नवनियुक्त आइजी थापाको ठहर : प्रहरीमा व्यापक सुधारको आवश्यक छ
मङ्गलबार ४ चैत, २०८१
अकासिँदै छ सुनको मूल्य, आज ११ सय रुपैयाँले बढेपछि बन्यो नयाँ रेकर्ड !
मङ्गलबार ४ चैत, २०८१
स्ववियु निर्वाचनमा ६७ वर्षीय वृद्धले गरे मतदान
मङ्गलबार ४ चैत, २०८१
प्रहरीमा जागिर लगाइदिने भन्दै दुई लाख ७५ हजार रुपैयाँ ठगी, एक महिला पक्राउ
मङ्गलबार ४ चैत, २०८१
सिंगापुर र मलेसियाविरुद्ध नेपालका तीन नयाँ अनुहार
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०