हेरिटेजका दुई विद्यार्थी थाइल्यान्ड जाँदै, जितको शुभकामना दिँदै स्कुलले गर्‍यो बिदाइ

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३० भदौ, २०८१
२ वर्षअघि

विराटनगर ।  मोरङको विराटनगर महानगरपालिका-४ बरगाछीस्थित हेरिटेज इन्टरनेसनल स्कुलमा अध्ययनरत दुई विद्यार्थी थाइल्यान्ड जाने भएका छन् ।

इन्डुर्यान्स स्केट्स प्रतियोगितामा भाग लिन हेरिटेजको कक्षा २ मा पढ्ने कुनाल कामत र कक्षा ७ मा अध्यनरत गोविन्द गोयल अग्रवाल थाइल्यान्ड जाने भएका हुन् ।

थाइल्यान्डमा पाँच दिने चल्ने उक्त प्रतियोगितामा १२ देशका खेलाडीहरू सहभागी हुने छन् । सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै ८ वर्षीय कुनाल र ११ वर्षीय गोविन्द थाइल्यान्ड जान लागेको स्कुलका प्रिन्सिपल सुशान्त बाँनियाले जानकारी दिए ।

आइतबार एक कार्यक्रमबीच स्कुलले थाइल्यान्ड जाने विद्यार्थीहरूलाई बिदाइ गरेको छ । उनीहरू आगामी बुधबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै थाइल्यान्ड प्रस्थान गर्ने बताइएको छ ।

जितको शुभकामनासहित बिदाइ गर्दै प्रिन्सिपल बानियाँले स्कुलले पठनपाठनका अलाबा पनि अतिरिक्त क्रियाकलापमा उत्तिको जोड दिने भएकाले नवप्रतिभावान खेलाडी उत्पादनमा सहजता थपिएको सुनाए ।

उनका अनुसार कुनालले १० वर्षमुनिका खेलाडीहरूबीच प्रतिस्पर्धा गर्ने छन् भने गोविन्दले अन्डर-१४ समूहमा खेल्ने छन् ।

विराटनगरको उत्कृष्ट विद्यालयमध्येको एक हेरिटेजले पठनपाठनबाहेक खेलकुदलगायत अतिरिक्त क्रियाकलापहरूमा जोड दिँदै आएको छ ।

केही दिनअघि स्कुलले स्विमिङ प्रतियोगिताको आयोजना गरेको थियो । त्यसअघि भने हेरिटेजले कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरूलाई महिनावारी, महिनावारीको समयमा हुने शारीरिक र भावनात्मक परिवर्तनहरू, महिनावारीको समयमा हुने गलत अभ्यासलगायत विषयमा सचेत गराएको थियो ।

प्रकाशित समय: आईतबार ३० भदौ, २०८१, २१:४२:३१

सम्बन्धित खबर

गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा

शनिवार ९ साउन, २०८३
५ घण्टाअघि

प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने

शनिवार ९ साउन, २०८३
९ घण्टाअघि

इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी

शनिवार ९ साउन, २०८३
९ घण्टाअघि

तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार रुपैयाँ

शनिवार ९ साउन, २०८३
१० घण्टाअघि

घुस लिएको आरोपमा सिँचाइ डिभिजनका प्रमुखसहित दुई जना पक्राउ

शनिवार ९ साउन, २०८३
११ घण्टाअघि

डा. केसीका पाँच बुँदे मागले फेरि तात्यो चिकित्सा शिक्षा, गेटा विवाददेखि राजनीतिसम्म बहस

शुक्रबार ८ साउन, २०८३
१ दिनअघि
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
शनिवार ९ साउन, २०८३
तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार रुपैयाँ
शनिवार ९ साउन, २०८३
घुस लिएको आरोपमा सिँचाइ डिभिजनका प्रमुखसहित दुई जना पक्राउ
शनिवार ९ साउन, २०८३
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव
शनिवार ९ साउन, २०८३
किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा
शुक्रबार ८ साउन, २०८३
डा. केसीका पाँच बुँदे मागले फेरि तात्यो चिकित्सा शिक्षा, गेटा विवाददेखि राजनीतिसम्म बहस
शुक्रबार ८ साउन, २०८३
घुससहित पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत
शुक्रबार ८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०