शिक्षा सुधारमा उत्तिकै जोड दिँदै कोशी सुधारका संयोजक गिरी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ भदौ, २०८१
७ महिनाअघि

विराटनगर । गिरी फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीले केही समययता कोशी सुधार अभियानको नेतृत्व गरिरहेका छन् ।

अघिल्लो महिना सार्वजनिक तथा निजी अस्पताल र सामुदायिक विद्यालय सुधार गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, सरसफाइ र वृक्षारोपणमा सक्रियता जनाउने लक्ष्यसहित गिरीले कोशी सुधार अभियानको कमिटी नै गठन गरेका थिए ।

सोही अभियानअन्तर्गत शिक्षा, स्वास्थ्यलगायत विविध विषयमा सुधार गर्न तम्सिएका गिरीले केही दिनअघि सुनसरीको बर्जु गाउँपालिका-५ बर्जुमा स्थानीय युवाहरूले गरिरहेको निःशुल्क ट्युसन सेन्टरको अनुगमन गरेका छन् ।

स्थानीय  युवाहरूले निःशुल्क रूपमा करिब २०० सय जना जति विद्यार्थीहरूलाई सामुदायिक र संस्थागत रूपमा ट्युसन क्लास चलाउँदै आइरहेका छन् ।

त्यसरी कक्षा सञ्चालन गरिरहँदा उनीहरूमाथि पर्नसक्ने आर्थिक कठिनाइलगायत विभिन्न समस्याहरूबारे जानकारी लिई गिरीले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । उनका साथमा श्री कोशी आधारभूत विद्यालय बर्जु र देवानगन्ज गाउँपालिकाको श्री कृष्ण आधारभूत विद्यालयका प्रतिनिधि पनि थिए ।

उनीहरूका साथमा बर्जु गाउँपालिकाका निवर्तमान अध्यक्ष रघुन्दन चौधरी, नेपाल शिक्षक महासंघ बर्जु कार्यसमितिका अध्यक्ष विजय चौधरी, बर्जु ५ का निवर्तमान वडाअध्यक्ष किशोर चौधरी, शिक्षक आनन्दी चौधरीलगायतको पनि उपस्थिति रहेको थियो ।

गिरीले कोशी सुधार अभियानमार्फत् विराटनगरका केही निजी तथा सार्वजनिक अस्पतालमा निरीक्षण गर्ने कामलाई तीव्रता दिइरहेका छन् । त्यसबाहेक केही दिनअघि सुन्दरहरैंचा नगरपालिकामा-५ स्थित हसिना सिमसार तथा पर्यटकीय क्षेत्रमा केही दिनअघि वृक्षारोपण गर्ने र सरसफाइ गर्ने स्थानीयको काममा सघाउ पुर्‍याएका थिए ।

प्रकाशित समय: मङ्गलबार २५ भदौ, २०८१, १८:३२:३३

सम्बन्धित खबर

भोजपुरमा चालक नभएको ट्र्याक्टर भिरबाट खस्दा बालकको मृत्यु, चालक फरार

बुधबार १० ब‌ैशाख, २०८२
७ घण्टाअघि

जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…

मङ्गलबार ९ ब‌ैशाख, २०८२
२२ घण्टाअघि

काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ दिनअघि

शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ दिनअघि

चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ दिनअघि

नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित

सोमबार ८ ब‌ैशाख, २०८२
२ दिनअघि
भोजपुरमा चालक नभएको ट्र्याक्टर भिरबाट खस्दा बालकको मृत्यु, चालक फरार
बुधबार १० ब‌ैशाख, २०८२
विश्वकप लिग–२ का लागि ‘कोर क्याम्प’ : सन्दीप लामिछाने फेरि कप्तान
बुधबार १० ब‌ैशाख, २०८२
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक
मङ्गलबार ९ ब‌ैशाख, २०८२
जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…
मङ्गलबार ९ ब‌ैशाख, २०८२
विराटनगरमा एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
मङ्गलबार ९ ब‌ैशाख, २०८२
काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल आइपुगे विश्वकप विजेता कार्लोस
मङ्गलबार ९ ब‌ैशाख, २०८२
सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
मङ्गलबार ९ ब‌ैशाख, २०८२
शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब
मङ्गलबार ९ ब‌ैशाख, २०८२
चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ
मङ्गलबार ९ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०