शिक्षा सुधारमा उत्तिकै जोड दिँदै कोशी सुधारका संयोजक गिरी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । गिरी फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीले केही समययता कोशी सुधार अभियानको नेतृत्व गरिरहेका छन् ।

अघिल्लो महिना सार्वजनिक तथा निजी अस्पताल र सामुदायिक विद्यालय सुधार गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, सरसफाइ र वृक्षारोपणमा सक्रियता जनाउने लक्ष्यसहित गिरीले कोशी सुधार अभियानको कमिटी नै गठन गरेका थिए ।

सोही अभियानअन्तर्गत शिक्षा, स्वास्थ्यलगायत विविध विषयमा सुधार गर्न तम्सिएका गिरीले केही दिनअघि सुनसरीको बर्जु गाउँपालिका-५ बर्जुमा स्थानीय युवाहरूले गरिरहेको निःशुल्क ट्युसन सेन्टरको अनुगमन गरेका छन् ।

स्थानीय  युवाहरूले निःशुल्क रूपमा करिब २०० सय जना जति विद्यार्थीहरूलाई सामुदायिक र संस्थागत रूपमा ट्युसन क्लास चलाउँदै आइरहेका छन् ।

त्यसरी कक्षा सञ्चालन गरिरहँदा उनीहरूमाथि पर्नसक्ने आर्थिक कठिनाइलगायत विभिन्न समस्याहरूबारे जानकारी लिई गिरीले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । उनका साथमा श्री कोशी आधारभूत विद्यालय बर्जु र देवानगन्ज गाउँपालिकाको श्री कृष्ण आधारभूत विद्यालयका प्रतिनिधि पनि थिए ।

उनीहरूका साथमा बर्जु गाउँपालिकाका निवर्तमान अध्यक्ष रघुन्दन चौधरी, नेपाल शिक्षक महासंघ बर्जु कार्यसमितिका अध्यक्ष विजय चौधरी, बर्जु ५ का निवर्तमान वडाअध्यक्ष किशोर चौधरी, शिक्षक आनन्दी चौधरीलगायतको पनि उपस्थिति रहेको थियो ।

गिरीले कोशी सुधार अभियानमार्फत् विराटनगरका केही निजी तथा सार्वजनिक अस्पतालमा निरीक्षण गर्ने कामलाई तीव्रता दिइरहेका छन् । त्यसबाहेक केही दिनअघि सुन्दरहरैंचा नगरपालिकामा-५ स्थित हसिना सिमसार तथा पर्यटकीय क्षेत्रमा केही दिनअघि वृक्षारोपण गर्ने र सरसफाइ गर्ने स्थानीयको काममा सघाउ पुर्‍याएका थिए ।

प्रकाशित समय: मङ्गलबार २५ भदौ, २०८१, १८:३२:३३

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१६ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२३ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२३ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०