पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशनस्थलमा दोहोरो झडप

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ भदौ, २०८१
४ हप्ताअघि

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशनमस्थलमा दोहोरो झडप भएको छ । स्थानीय प्रशासनले हस्ताक्षेप गर्दा सुरक्षाकर्मी र कार्कीका समर्थकबीच दोहोरो झडप भएको हो ।

निषेधित क्षेत्रमा आमरण अनशन बसेका कार्की र उनका समर्थकलाई हट्नका लागि स्थानीय प्रशासनले आग्रह गरेको थियो । माइकिङ गर्दा पनि नहटिकन अनशनलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको हो ।

कार्कीले मंगलबार (आज) दिउँसो ४ बजेबाट प्रदेशसभा भवननजिकै रहेको देवकोटा चोकमा आमरण अनशन थालेका हुन् ।जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार एक सूचना जारी गर्दै उक्त क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जारी गरेको सूचनामा आदेशको उलंघन गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयले प्रदेशसभाबाट पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालको चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवासवरिपरि तीन सय मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवासवरिपरि तीन सय मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफेचोकदेखि पूर्वसम्मको क्षेत्र रहेको छ ।

तर, मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न नौ बुँदे माग राख्दै कार्की निषेधित क्षेत्रमै आमरण अनशन बसेका हुन् ।

पूर्वमुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले सुरु गरेको १० वर्षमुनिका बालबालिकाकाका लागि विशेषज्ञ उपचार सेवामा दिनथालेको निःशुल्क सेवालाई निरन्तरता दिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई दिनथालेको प्रोत्साहन भत्तालाई निरन्तरता दिनुपर्ने, घिउ तथा धुलो दूध निर्यात अनुदान दिएर प्रोत्साहन गर्नुपर्ने माग गर्दै अनशन थालेका हुन् ।

पूर्वमुख्यमन्त्री कार्कीले प्रदेशले सञ्चालन गर्ने योजना न्यूनतम २५ लाख रुपैयाँभन्दा बढी हुनुपर्ने, सुनसरी–मोरङ केसलिया कोरिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने माग पनि अगाडि सारेका छन् ।

वर्तमान सरकारले ती कार्यक्रम चालु वर्षको बजेटमा समावेश नगरेपछि उनले निरन्तर विरोध गर्दै आएका छन् ।

प्रकाशित समय: मङ्गलबार २५ भदौ, २०८१, १९:५९:५०
विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट समातिए तीन जना नक्कली परीक्षार्थी
सोमबार २१ असोज, २०८१
सफा गर्नेक्रममा बन्दुक पड्कियो, छर्राले लागेर युवकको मृत्यु
सोमबार २१ असोज, २०८१
अर्जेन्टिनालाई हराउँदै ब्राजिलले जित्यो विश्वकप !
आईतबार २० असोज, २०८१
बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक गोल
आईतबार २० असोज, २०८१
कोशी सुधार अभियान : बाहुनीको विद्यालयमा सरसफाइ तथा वृक्षारोपण
आईतबार २० असोज, २०८१
इटहरीकी भिमादेवी, जसले बलात्कार मुद्दामा फसाउने भन्दै ३० लाख असुलिन्
आईतबार २० असोज, २०८१
दसैंमा जुध्दै छन् तीन चलचित्र, कसले जित्ला दर्शकको मन ?
आईतबार २० असोज, २०८१
आज कोशीसहित केही प्रदेशमा पानी पर्ने सम्भावना
आईतबार २० असोज, २०८१
ला लिगा : रियल मड्रिडको अपराजित यात्रा कायमै, गर्‍यो बार्सिलोनासँग अंक बराबरी
आईतबार २० असोज, २०८१
नासरको जितमा माने र रोनाल्डोको गोल
आईतबार २० असोज, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०