विराटनगर । मोरङको विराटनगर महानगरपालिका–३ स्थित पोखरिया माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्राले दोस्रो तलाबाट हाम फालेकी छन् ।
सोमबार दिउँसो कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्राले दुई तला माथिबाट हाम फालेकी हुन् । दिउँसो ३ बजेतिर भवनको दोस्रो तलाबाट हाम फालेकी उनी साइकलमाथि बजारिएकी थिइन् ।
विराटनगर–१ घर भएकी छात्राले आफैं हाम फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
ती छात्राले यसअघि पनि विद्यालयको माथिल्लो तलाबाट हाम फाल्ने प्रयास गरेको प्रहरीको भनाइ छ ।