हेरिटेजका विद्यार्थीहरूलाई महिनावारीबारे सचेतना

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १७ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-४ बरगाछीस्थित हेरिटेज इन्टरनेसनल स्कुलले आफ्ना विद्यार्थीहरूलाई महिनावारी सचेतना प्रदान गरिएको छ ।

स्कुलले गत बिहीबार ४-१० कक्षा पढ्ने विद्यार्थीहरूलाई महिनावारी, महिनावारीको समयमा हुने शारीरिक र भावनात्मक परिवर्तनहरू, महिनावारीको समयमा हुने गलत अभ्यासलगायत विषयमा सचेत गराइएको थियो ।

विराटनगर नर्सिङ क्याम्पसकी सहायक प्राध्यापक पुनम मण्डल महिनावारीका विषयमा विद्यार्थीहरूका लागि सचेतनामुलक ‘सेसन’ चलाएकी थिइन् ।

मण्डलले उमेर नपुगी किशोरावस्थामा प्रवेश गर्नु र महिलाहरूमा महिनावारी सुरु हुनु भनेको सुक्ष्म रूपमा देखिएको महत्त्वपूर्ण समस्या रहेको औंल्याउँदै यस्तो बेलामा सचेत र संयम बन्नु जरुरी रहेको बताइन् ।

महिनावारी एक प्राकृतिक र स्वस्थ प्रक्रिया भएको उल्लेख गर्दै उनले महिनावारीको समयमा नियमित स्यानिटरी प्याड परिवर्तनलगायत सरसफाइको महत्त्व, पौष्टिक आहार र व्यायामको महत्त्वसँगै विविध विषयमा विद्यार्थीहरूलाई जानकारी दिइन् ।

महिनावारीबारे खुलेर कुराकानी गर्न प्रोत्साहन गर्नुपर्ने औंल्याउँदै उनले छात्र र छात्राहरू दुवैलाई यस विषयमा विद्यालयले शिक्षित गर्नुपर्ने बताइन् ।

कलेजका प्रिन्सिपल सुशान्त बानियाँले महिनावारीका विषयमा विद्यमान गलत धारणालाई चिर्न र यथार्थपरक जानकारी दिनका लागि विज्ञलाई निम्त्याएको सुनाए ।

यस्ताखाले सिकाइबाट महिनावारीबारे विद्यार्थीहरूमा व्यक्तिगत सिकाइमा वृद्धि हुनेमात्र नभएर शिक्षण सिकाइलाई टेवा पुग्ने सुनाए ।

पठनपाठनका अलाबा विद्यार्थीहरूलाई यस्ता कार्यक्रममा सरिक बनाउँदा उनीहरूको आत्मविश्वासमा बढोत्तरी हुने र छात्राहरूमा व्यवहारिक तयारी पनि हुने उनको धारणा छ ।

प्रभावकारी शिक्षण सिकाइअन्तर्गत केही पृथक कार्यक्रमहरूलाई अगाडि बढाउनेक्रममा स्वास्थ्य सचेतना जगाउने खालको यो कार्यक्रम गरिएको बताउँदै उनले आगामी दिनमा पनि यी र यस्ता ‘कन्सेप्ट’ मा काम गरिरहने प्रतिबद्धता जनाए ।

प्रकाशित समय: सोमबार १७ भदौ, २०८१, २०:४४:४३
किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा
शुक्रबार ८ साउन, २०८३
डा. केसीका पाँच बुँदे मागले फेरि तात्यो चिकित्सा शिक्षा, गेटा विवाददेखि राजनीतिसम्म बहस
शुक्रबार ८ साउन, २०८३
घुससहित पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत
शुक्रबार ८ साउन, २०८३
सांसद्हरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
शुक्रबार ८ साउन, २०८३
खैरो हेरोइनसहित चार जना पक्राउ
शुक्रबार ८ साउन, २०८३
प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल
शुक्रबार ८ साउन, २०८३
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०