सुन्दरहरैंचामा एकै घरका दुई जना नाबालिका मृत भेटिए, विष खुवाएर मारेको आशंका

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकामा एकै घरका दुई जना नाबालिका मृत भेटिएका छन् । सुन्दरहरैंचा-७ गोठगाउँमा एकै घरका दुई बालिका मृत अवस्थामा फेला परेका हुन् ।

तीन वर्षकी अर्पणा कार्की र एक वर्षकी आइका कार्कीको शव फेला परेको हो । मृतक नाबालिकाहरू धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैंचा ७ मालती टोल बस्ने सिता रेग्मिको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्की र अस्मिता पौडेलका छोरी हुन् ।

Advertisement

शनिबार साँझ ५ बजेतिर घाँस काट्न आउनेले केराबारी जंगलमा मृत बालिका फेला पारेका हुन् । प्रहरीका अनुसार अँगालो हालेको अवस्थामा फेला परेका उनीहरूको छेउमा विषादीको बट्टा पनि भेटिएको छ ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार क्राइम सेन्समा सफाय ५ नम्बरको विषादीको बट्टा फेला परेको छ ।

कार्कीका अनुसार अर्जुन र अस्मिताबीच हिँजो साँझ ६ बजेतिर झगडा भएको थियो । सवारी चालक रहेका अर्जुन बिहानै आफ्नो काममा लागे ।

श्रीमती अस्मिता पनि बिहानको मिर्मिरेमै दुई बालबच्चा च्यापेर पूर्वाञ्चल विश्वविद्यालय तिर लागेको स्थानीय जानकारी दिएका छन् ।

तर, दिउँसो साढे ४ बजेतिर दुई नाबालिकाको शव भेटियो भने आमा अस्मिता भने अझै भेटिएकी छैनन् । आफ्ना दुवै छोरीलाई विष खुवाएर फरार भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

बालिकाको शव भेटिएको स्थान नारायण न्यौपानेको केरा बगान हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०