विराटनगर । नयाँ सिजनको स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पुनः बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा रियलले लस पल्माससँग १-१ गोलको बराबरी खेलेको हो ।
पल्मासको मैदानमा भएको खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको पाँचौं मिनेटमा अल्बर्ट मोलेरियोले गोल गर्दै पल्मासलाई अग्रता दिलाएका थिए ।
खेलको ६९औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई बराबरीमा फर्काए । भिनिसियसले पेनाल्टीमा गोल गरेका थिए ।
यससँगै तीन खेल खेलेको रियलले पाँच अंक जोडेको छ । ऊ अंकतालिकाको पाँचौं स्थानमा छ ।