बालिकालाई अपहरणमुक्त गरेका इन्स्पेक्टर पोखरेल उत्कृष्ट घोषित

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १३ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । इलाका प्रहरी कार्यालय दुहबीका इन्चार्ज प्रहरी निरीक्षक मोहन पोखरेललाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ । जिल्ला प्रहरी कार्यालय, सुनसरीले पोखरेललाई यो महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार विभागाय मूल्य-मान्यता, आदेश-निर्देशनका पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन पोखरेल उत्कृष्ट ठहरिएका हुन् ।

Advertisement

पोखरेलको नेतृत्वमा दुहबी नगरपालिकामा एक बालिका अपहरण मुद्दाका तीन अभियुक्तलाई पक्राउ गरिएको थियो ।

गत साउन १५ गते दिउँसो ३ बजेतिर दुहबी-१० डुम्राहाबाट ६ वर्षीया नाबालिका अपहरणमा परेकी थिइन् ।

उनले उक्त प्रकरणमा विराटनगर महानगरपालिका-६ रामपुरका ५० वर्षीय सञ्जय पासवान, कटहरी गाउँपालिका-६ घर भई विराटनगर-१० मा डेरा गरी बस्ने ५० वर्षीय कलानन्द पासवान र उनकै श्रीमती ४० वर्षीय सरिता पासवानलाई पक्राउ गरी कानूनी दायरामा ल्याएका थिए ।

त्यसबाहेक पोखरेलले दुहबी-५ फुटबल चोकबाट ३९ केजी १०० ग्राम गाँजा बरामद गरेर बा ५७ प १२२४ नम्बरको मोटरसाइकल र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिन सफल भएका थिए ।

यसका साथै, पोखरेलले समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ५६३ वटा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेका थिए ।

यी सबै उल्लेखनीय कार्यहरूका कारण इन्स्पेक्टर पोखरेललाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको एसपी रेग्मीले जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०