बजेट नै बिनियोजन गरेर देवानगन्ज गाउँपालिकाले थाल्यो बाँदर नियन्त्रणको अभियान

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिकाले बाँदर नियन्त्रणका लागि अभियान नै थालेको छ ।

दशकयता बाँदरले किसानले लगाएको बालीमा क्षति गर्ने, बाटोमा हिँड्ने सर्वसाधारणलाई दुःख दिन थालेपछि गाउँपालिका स्वयम् बाँदर नियन्त्रणमा जुटेको हो ।

Advertisement

देवानगन्ज गाउँपालिका ३ र ४ कप्तानगन्जका स्थानीय बासिन्दा बाँदरको उपद्रोले आजित छन् ।

गाउँपालिकालले चालू आर्थिक वर्षमा बजेट नै विनियोजन गरेर बाँदर नियन्त्रण अभियान थालेको हो ।

गाउँमा बाँदरले सर्वसाधारणले लगाएको तरकारी तथा फलफूल खाई नष्ट गर्ने, हुलकाहुल बालीमा पसेर कुल्ची दिने, मकैमा क्षति गर्ने दुःख दिन थालेपछि बाध्य भएर अभियान थालिएको गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जनाए ।

भारतबाट आउने बाँदरको समूहले देवानगन्ज गाउँपालिकामा आतङ्क मच्चाएको सयौंको गुनासो आएले गाउँपालिकाले नियन्त्रण अभियानमा जुटेको जनाएको छ ।

बाँदरबाट त्रसित र आजित भएका किसानले नियन्त्रणका लागि गाउँपालिकालाई गुहारेपछि बाँदर नियन्त्रणका लागि प्रविधि टोली नै परिचालन गरेको जनाएको छ ।

खेतबारीमा लगाइएको बालीनाली बाँदरले नष्ट गर्नुकासाथै भान्सा कोठा भित्रका खानेकुरा समेत खाने तथा मानिसहरूलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी बाँदर आतंकबाट त्रसित बनेका थिए ।

देवानगञ्ज गाउँपालिका-४ दक्षिणीबस्ती कप्तानगञ्ज पाचोसिम्बरमा प्रवासी बाँदरहरूले स्थायी रूपमा बस्न थालेपछि स्थानीयवासीलाई सास्ती भएको हो ।

दुई सयको सङ्ख्यामा गाउँ भित्रिएको बाँदरहरूले सागसब्जी, तरकारी र अन्नबाली खाने तथा खेदाउने क्रममा मानिसहरूलाई समेत आक्रमण गरेर घाइते बनाउने गरेको छ ।

आँगनमा सुकाइरहेको लुगाफाटो च्यातिदिने र मानिसहरूलाई चिथोरेर घाइते बनाउने समेत गर्छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०