ग्रामथानमा सोमबार दुई दुर्घटना, एक महिलासहित तीन जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ साउन, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा सोमबार भएका दुई सडक दुर्घटनामा तीन जना घाइते भएका छन् ।

सोमबार साँझ ६ बजेतिर ग्रामथान-५ लवारेमा तेतरियाबाट दुहबीतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ प २२३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

विपरीत दिशाबाट आँउदै गरेको को १ ख ४१३७ नम्बरको आइचर ट्रकलाई देखेर अनियन्त्रित भई
दुर्घटना हुँदा मोटरसाइकल चालक दुहबी नगरपालिका-७ बस्ने अन्दाजी २० वर्ष सिर्पन माझी घाइते भएका थिए ।

उनीसहित घाइते भएका सोही मोटरसाइकलमा पछाडि सवार अन्दाजी २० वर्षीय अतीत चौधरी घाइतेलाई उपचारको लागि विराट टिचिङ अस्पताल, विराटनगर ल्याइएको छ ।

ट्रक र ट्रक चालक पथरी नगरपालिका-६ का ३९ वर्षीय सुचिन्द्र मण्डल कागजपत्र प्रहरी चौकी तेतरीयामा राखेर भोलि सम्पर्कमा आउनेगरी गन्तब्यतर्फ गएका छन् ।

मोटरसाइकल तीव्र गतिमा कुदाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यस्तै, हिजो मध्याह्न १२ बजेतिर ग्रामथान-२ झोराहटमा विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको बा ५४ प ४६०२ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको को २७ प १५८३ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

सो दुर्घटनामा १५८३ नम्बरको मोटरसाइकलमा सवार ३२ वर्षीय पुनम श्रेष्ठको टाउकोमा चोट लागेको र उपचारको लागि न्युरो अस्पताल विराटनगर ल्याइएको छ ।

उनका श्रीमान् मोटरसाइकल चालक राकेश तुलाधर, ठक्कर दिने ४६०२ नम्बरको मोटरसाइकल चालक पथरीशनिचरे-४ का अर्जुन राई उपचारमा संलग्न रहेका छन् ।

४६०२ नम्बरको मोटरसाइकल चालकको सडकमा ध्यान केन्द्रित नहुँदा दुर्घटना भएको प्रहरीको आँकलन छ ।

प्रकाशित समय: मङ्गलबार २९ साउन, २०८१, ०७:५२:४९

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१९ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०