विराटनगरको परोपकार घाटमा शुक्रबारदेखि सन्ध्याकालीन आरती हुँदै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २४ साउन, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१ स्थित परोपकारधाम घाटमा सन्ध्याकालीन आरती हुने भएको छ ।

शुक्रबार (भोलि) देखि प्रत्येक शुक्रबार र विशेष पर्वको दिन पारेर सन्ध्यालीन रूपमा आरती हुने भएको हो ।

परमार्थ सिंघिया आरती सेवा समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर भोलिबाट आरतीको शुभारम्भ गर्न लागिएको जनाएको हो ।

आयोजक परमार्थ सिंघिया आरती सेवा समितिका संयोजक तथा पूर्वन्यायाधीश भीमेन्द्रबहादुर कार्कीले शुक्रबार कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आरतीको शुभारम्भ गर्ने छन् ।

शुक्रबार (भोलि) देखि चार दिन नियमित रूपमा हुने गंगा आरती त्यसपछि भने प्रत्येक शुक्रबार हुने संयोजक कार्कीले जनाए ।

शुक्रबार साँझ ६ः३० बजेदेखि ७ः१५ बजेसम्म सञ्चालन हुने आरतीमा पाँच जना आरती विशेषज्ञ गुरुबाट हुने उनले बताए ।

आरतीका संरक्षणकर्ता शंकर खरेलका अनुसार भोलि हुने शुभारम्भ कार्यक्रममा २५ हजारभन्दा बढी भक्तजन आउने आँकलन गरिएको छ ।

जसका लागि परोपकारघाटको सिंघिया नदिको वारिपारि आरती हेर्न आउने भक्तजनका लागि उभिने व्यवस्थित स्थानको व्यवस्थापन गरिएको छ ।

समितिले परमार्थ सिंघिया आरती सेवालाई व्यवस्थित रूपमा सञ्चालन गर्न र निरन्तरता दिन २ सय ५१ सदस्यीय मुल व्यवस्थापन समिति, ५१ सदस्यीय सल्लाहकार समिति र १३ सदस्यीय कार्यकारिणी समिति गठन गरिएको छ ।

शुक्रबारको परमार्थ सिंघिया आरतीमा विराटनगर–१२ स्थित पाञ्चाली मन्दिरका पिठाधीश स्वामी प्रपन्नाचार्य, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, कोशी प्रदेशका सांसद भीम पराजुली सहभागी हुने बताइएको छ ।

प्रत्येक शुक्रबार हुने आरती सञ्चालनका लागि दैनिक १५ हजारसम्म खर्च हुने आयोजकको अनुमान छ । सुरुआती चरणमा उक्त खर्च समितिबाट व्यवस्था गरिएको संरक्षणकर्ता खरेलले बताए ।

उनका अनुसार सिंघिया नदीस्थित परोपकार घाटमा गत वर्ष ४०० जनाभन्दा बढीको अन्तिम संस्कार भएको उल्लेख गर्दै पितृ मोक्ष हुने धार्मिक आस्था र समाजबीच एकता कायम गर्नु पनि परोपकार घाटमै आरुती गर्न लागिएको हो ।

आरती सेवा समितिका महासचिव राजन न्यौपानेका अनुसार प्रशासनमा दर्ता गरिएको आरती सेवा समितिका हरहिसाब पारदर्शी हुने र मुनाफा नराखी धार्मिक पर्यटनलाई बढावा दिन र सामाजिक सद्भाव कायमै राख्न आरतीको आयोजना गर्न आँटिएको हो ।

दाता एवम् भक्तजनबाट संकलित रकममध्ये उब्रिएको रकम परोपकार घाटकै विकासमा खर्च गर्ने आयोजकको योजना छ । भक्तजनबाट आउने भेटी बैंकिङ प्रणालीमा जाने पनि उनको भनाइ छ ।

आरतीका मुख्य गुरु गोकुल भण्डारीले सन्ध्याकालीन आरतीको धार्मिक महत्त्व ज्यादै हुने बताउँदै आरतीमा सहभागी हुन सबैलाई अपिल गरे ।

प्रकाशित समय: बिहिबार २४ साउन, २०८१, १८:३०:२६

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१९ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०