विराटनगरमा एकै दिन चार दुर्घटना, आठ जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २४ साउन, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाभित्र बुधबार (हिजो) एकै दिन चारवटा सडक दुर्घटना भएका छन् ।

ती दुर्घटनामा आठ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।

Advertisement

हिजो बिहान करिब ५:५० बजे विराटनगर-५ पिपल चौकमा बा ०१-०२९ च ३८०२ नं. को कार अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना महिला घाइते भएका छन् ।

घाइते हुनेमा विराटनगर-१२ की २४ वर्षीया माल्विका तामाङ र २५ वर्षीया तुलसी मगर रहेका छन् । दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

यस्तै, दिउँसो करिब ५:३० बजे विराटनगर-४ मा मोटरसाइकल र सिटि सफारी एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।

घाइतेहरूमा मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका-२ का २५ वर्षीय मनिष विश्वास, सिटी चालक विराटनगर-४ का ३७ वर्षीय दीपक सुतियार र सोही ठाउँका ४० वर्षीय गणेश शर्मा रहेका छन् ।

त्यसैगरी, साँझ करिब ५:५० बजे विराटनगर-१० मा मोटरसाइकल र सिटि सफारीबीच ठक्कर हुँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक सुनसरी देवानगञ्ज-३ का ३८ वर्षीय सहुनाब आलम र मोरङ जहदा-२ का ६८ वर्षीय इस्लाम मियाँ रहेका छन् ।

अपराह्न करिब ४:३० बजे विराटनगर-१४ महतो टोलमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा १४ वर्षीया सिमा चौधरी घाइते भएकी छिन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
२ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
२ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
५ दिनअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
६ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
६ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
६ दिनअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०